अर्थमन्त्रीका ज्वाइँलाई आकर्षक पदमा नियुक्त



हाम्रो इकोनोमि

 

 

अर्थमन्त्री जनार्दन शर्माले आफ्नै भाञ्जी ज्वाइँलाई भीमकान्त न्यौपानेलाई १८ लाख तलब भत्ता पाउने गरि एसियाली विकास बैंक (एडीबी)को सल्लाहकारमा नियक्तिका लागि सिफारिस गरेका छन् । न्यौपाने अर्थ मन्त्रालयका शाखा अधिकृत हुन् । न्यौपाने सो पदमा दुई वर्ष काम गर्नेछन् ।

तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारका अर्थमन्त्री विष्णु पौडेलले सो पदमा उप–सचिव रमेश अर्याललाई एडीबीको सल्लाहकारमा पठाउने निर्णय भएको थियो ।

अर्थमन्त्री शर्माले अर्याललाई पठाउने ओली सरकारको निर्णय रद्द गरेर भाञ्जी ज्वाइँ पर्ने शाखा अधिकृत न्यौपानेलाई पठाउने निर्णय गरेको उच्च स्रोतले जनाएको छ । एडीबीको सल्लाहकारमा यसअघि सोमलाल सुवेदी, रामशरण पुडासैनीलगायतले जागिर खाइसकेका छन् ।

पहुँचको भरमा शाखा अधिकृत न्यौपानेले धेरै लाभ लिने कर्मचारीमा पर्छन् । भन्सारमा बसी केही महिना अगाडि मात्रै न्यौपाने अर्थ मन्त्रालयमा सरुवा भएका थिए । शाखा अधिकृत न्यौपाने अर्थ मन्त्रालयका तत्कालीन सचिव शिशिरकुमार ढुंगानाका पीएका रुपमा कार्यरत थिए ।

सचिव ढुंगानाले अर्थमन्त्री शर्मालाई खुशी पार्न उनका भाञ्जीज्वाईलाई मनिला पठाउने वातावरण बनाएको आरोप छ । न्यौपानेलाई नियुक्ति गर्ने सबै प्रक्रिया ढुंगानाले नै पूरा गरेको चर्चा अर्थ मन्त्रालयमा छ ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...