अर्थमन्त्रीका ज्वाइँलाई आकर्षक पदमा नियुक्त



हाम्रो इकोनोमि

 

 

अर्थमन्त्री जनार्दन शर्माले आफ्नै भाञ्जी ज्वाइँलाई भीमकान्त न्यौपानेलाई १८ लाख तलब भत्ता पाउने गरि एसियाली विकास बैंक (एडीबी)को सल्लाहकारमा नियक्तिका लागि सिफारिस गरेका छन् । न्यौपाने अर्थ मन्त्रालयका शाखा अधिकृत हुन् । न्यौपाने सो पदमा दुई वर्ष काम गर्नेछन् ।

तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारका अर्थमन्त्री विष्णु पौडेलले सो पदमा उप–सचिव रमेश अर्याललाई एडीबीको सल्लाहकारमा पठाउने निर्णय भएको थियो ।

अर्थमन्त्री शर्माले अर्याललाई पठाउने ओली सरकारको निर्णय रद्द गरेर भाञ्जी ज्वाइँ पर्ने शाखा अधिकृत न्यौपानेलाई पठाउने निर्णय गरेको उच्च स्रोतले जनाएको छ । एडीबीको सल्लाहकारमा यसअघि सोमलाल सुवेदी, रामशरण पुडासैनीलगायतले जागिर खाइसकेका छन् ।

पहुँचको भरमा शाखा अधिकृत न्यौपानेले धेरै लाभ लिने कर्मचारीमा पर्छन् । भन्सारमा बसी केही महिना अगाडि मात्रै न्यौपाने अर्थ मन्त्रालयमा सरुवा भएका थिए । शाखा अधिकृत न्यौपाने अर्थ मन्त्रालयका तत्कालीन सचिव शिशिरकुमार ढुंगानाका पीएका रुपमा कार्यरत थिए ।

सचिव ढुंगानाले अर्थमन्त्री शर्मालाई खुशी पार्न उनका भाञ्जीज्वाईलाई मनिला पठाउने वातावरण बनाएको आरोप छ । न्यौपानेलाई नियुक्ति गर्ने सबै प्रक्रिया ढुंगानाले नै पूरा गरेको चर्चा अर्थ मन्त्रालयमा छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...