तिनतिर बार्गेनिङ गर्दै माधव नेपाल, कोसँग के मागे



हाम्रो इकोनोमि

 

 

नेकपा(एमाले)का अध्यक्ष के पी शर्मा ओली नेतृत्वको सरकार ढाल्न गठबन्धन बनाइरहँदा आफूलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाइदिन देउबा र प्रचण्डसँग निकै अनुनय–विनय गरेको तर पार्टी नफोरी त्यो सम्भव नहुने बताएपछि पछि हटेको बताइएको थियो । अहिले भनिदैछ- माधव नेपाल तीनतिर बार्गेनिङ गरिरहेका छन् ।

देउबासँग आफ्नो समूहले पाउने मन्त्रीको सङ्‌ख्यामा बार्गेनिङ गरिरहेका छन् । प्रचण्डसँग एमालेको विकल्पमा माओवादी केन्द्र, एमालेबाट आफ्नो नेतृत्वमा चोइटिने समूह, किरण, विप्लव, बाबुरामसहितको बाम–समाजवादी कित्ता बनाउने र त्यसको नेतृत्व पाउनुपर्ने बार्गेनिङ चलिरहेको छ । एमालेमा कानुनी हस्ताक्षरसहितको बराबरी हैसियत पाउनुपर्ने उनको एकताको बटमलाइन त सार्वजनिक भइसकेकै छ ।

विचारमा खोट भएपछि प्राप्त हुने परिणाम पनि अन्ततः चोटैचोट हो । हालको माधव नेपालको त्रिपक्षीय बार्गेनिङबाट केही हात लाग्ने छैन । नेकपाको एकतापछि प्रचण्डलाई कार्यकारी अधिकारसहितको अध्यक्ष स्वीकार्दा पाएको हण्डर र ठक्कर एमालेले विर्सेको छैन । बरू एमालेको अध्यक्ष पदलाई विधान महाधिवेशनमार्फत् बढी शक्तिशाली र व्यवस्थित बनाइने छ तर एमालेको तर्फबाट उनले मागेजस्तो कानुनी अधिकारसहितको ओलीसरह अध्यक्ष कुनै हालतमा उपलब्ध हुने छैन ।

सरकारलाई पूर्णता नदिइ माधव नेपाललाई पर्खिएर बसेका भनिएका देउबाले उनका केही मानिसलाई ६ महिनाका लागि मन्त्री बनाउलान् । त्यसबाट उनको कुनै अभिष्ट पूरा हुदैन । एमालेको सिङ्गो पङ्क्ति विभाजित हुन नचाहेको र दोस्रो तहका नेतहरू भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल (?), योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्यले समेत एमाले छाड्न नमानेको अवस्थामा देउबाले हाल चाहेजस्तो एमाले विभाजन हुँदैन र गठबन्धनमा माधव नेपालको औचित्य पनि सकिदै जान्छ । एकातिर तीव्र कम्युनिष्टविरोधी देउबा सरकारमा कम्युनिष्ट हावी भएको हेर्न चाहँदैनन् भने अर्कोतिर एमसीसीको घाँडो त छँदैछ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...