पाण्डे र आचार्य पनि ओली क्याम्पमा लागेपछि माधव नेपाल तनावमा



हाम्रो इकोनोमि

 

 

एमाले बरिष्ठ नेता माधवकुमार नेपाल आफ्नै समुहमा रहनुभएका सचिव भीम आचार्य र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेसँग आक्रोशित हुनुभएको छ । बरिष्ठ नेता झलनाथ खनाललाई पार्टी एकताबारे कन्भिन्स गर्न र माधवको पद लोलुपताबारे जानकारी दिन आचार्य र पाण्डे दिल्ली पुगेपछि उहाँ आक्रोशित बन्नुभएको हो ।

माधव निकट एक नेताका अनुसार दुवै नेताले माधवलाई जानकारीबिनै दिल्ली जानुभएपछि उहाँ आक्रोशित बन्नुभएको छ । ‘एकताको नाममा ओली (अध्यक्ष केपी शर्मा ओली) सँग मिलेर यता सवै काम ध्वस्त पारेर अव दिल्ली पुगेछन, यति खराव मान्छे पनि रहेछन, अव तिनका कुरा कसैले सुन्नुहुन्न,’ आचार्य र पाण्डेप्रति माधवको आक्रोश उधृत गर्दै ती नेताले  भने । उनका अनुसार दुवै नेता बरिष्ठ नेता खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन र स्वास्थ्य लाभ गर्न दिल्ली पुगेपनि नेता नेपालले आफू निकटका मिडियालाई भारतीय नेताहरुसँग गोप्य मन्त्रणा गर्न र एमालेमा फर्कनका लागि दिल्ली गएको समाचार लेखाउने कामसमेत भएको छ । यो कामको जिम्मेवारी नेता नेपालले कर्णालीका पूर्व अर्थमन्त्री प्रकाश ज्वालालाई दिनुभएको छ ।

पछिल्लो समय एमाले विवाद मिलाउन सक्रिय रहेका दुवै नेता अचानक दिल्ली गएपछि विभिन्न आशंका गरिएको भन्दै प्रचण्ड निकट मिडियाले पनि अफवाह फैलाउने काम भइरहेको छ । माधवले प्रचण्डको समेत सहयोग मागेपछि प्रचण्डले पनि सर्कुलरकै रुपमा दुई नेताबिरुद्ध समाचार लेखाउने काम गरेको स्रोतले  बतायो । प्रचण्डसँगको सहकार्य छाडन नसकी नेपालले अपमान सहेर एकता नगर्ने भन्दै कार्यकर्ता भडकाउने काम जारी राखेको बेला आचार्य र पाण्डे भने जसरी पनि पार्टी एकता गर्नुपर्ने पक्षमा उभिनु भएको छ । सोही अभियानमा सक्रिय दुवै नेता खनाल भेटन पुगेपछि माधव तिलमिलाउनु भएको हो ।

बरिष्ठ नेता खनाल पार्टी एकताको पक्षमा आफू रहेको बिज्ञप्ती निकालेर दिल्ली जानुभएको थियो । उहाँको दिल्लीमा मृगौला प्रत्यारोपण गरिएको छ । प्रत्यारोपणपछि दिल्लीमै उपचाररत बरिष्ठ नेता खनाल भेटन र एकताको पक्षमा उभ्याउने मिसनसहित दुई नेता दिल्ली पुग्नुभएको उहाँहरु निकट स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...