नयाँ फण्डा मच्चाउदै देउवा, को-को निशानामा पर्दै



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको माधव नेपाल पक्षले राजनीतिक नियुक्तिहरु तत्काल नगर्न सत्ता गठबन्धनलाई आग्रह गरेको छ । केपी ओली सरकारका पालामा भएका नियुक्ति खारेज गर्न सहमति दिए पनि नयाँ नियुक्तिमा केही दिन पर्खिन आग्रह गरेको एक मन्त्रीले बताए । यसबीचमा माधव नेपाल निकट केही नेता र सांसदहरुले कानूनमन्त्री ज्ञानेन्द्रवहादुर कार्की र कांग्रेस महामन्त्री पूर्णवहादुर खड्कालाई भेटेर आफूहरु एमाले एकताको अन्तिम प्रयासमा रहे पनि त्यो सफल हुने सम्भावना नरहेको भन्दै नियुक्तिमा हतार नगर्न भनेका हुन् ।

शनिबार शंखमुलस्थित ए वान पार्टी प्यालेसमा भएको कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले ‘यत्रो दु:ख गरेर ल्याएको सरकारले राजनीतिक नियुक्तिहरु गर्दा आफूहरुले पनि आफ्ना कार्यकर्तालाई न्याय गर्नुपर्ने’ बताएका थिए । तर नेपालले सरकारलाई काम गर्नबाट नरोकेको समेत प्रष्ट पारेका थिए । नेपालले भने, ‘यत्रो मेहनत गरेर हामीले यो सरकार ल्याउने,अनि सरकारको जम्मै ठाउँमा नियुत्ति केपी ओलीले त विरोध गर्ने भइहाल्नुभयो अनि यो सरकारलाई गर्न दिने ? देशभरका जम्मै नियुक्तिहरुका कुरामा गर्ने के ? तर हामीले रोकेका छैनौं है,सरकारको बारेमा । हामीले भनेका छौं कि तपाईहरु सरकार बनाउँदै गर्नुस्,मन्त्री बनाउँदै गर्नुस् । किनभने हाम्रै टुंगो छैन,के हुने भन्ने ।’

यसबीचमा भूमि आयोग खारेज गरेर नयाँ गठनादेशमार्फत नयाँ नियुक्ति गर्न खोजिए पनि सर्वोच्च अदालतको अन्पकालीन अन्तरिम आदेशका कारण रोकिएको छ । अन्य राजनीतिक नियुक्तिका व्यक्तिहरुलाई पनि राजिनामा दिन भनिएको छ । राजिनामा नदिनेहरुलाई प्रक्रिया पूरा गरेर हटाउने तयारी सरकारको छ । त्यस्तै केपी ओली सरकारका पालामा नियुक्त भएका कम्तिमा १० जना राजदूत पनि फिर्ता बोलाउने तयारी सरकारको छ । ओलीको पालामा नियुक्ति सिफारिस भएर पनि नियुक्त हुन बाँकी रहेका १२ जना राजदूतमा समेत अब गठबन्धनले भागबण्डा गर्ने भएका छन् ।

नेपाल पक्ष कानूनी रुपमा पार्टी एउटै हुँदा सरकारमा सहभागी हुन नमिलेका कारण सरकार विस्तार तथा राजनीतिक नियुक्तिका कुराहरु केही पर धकेलिएका छन् । तर यो अवस्था धेरै दिन नरहने नेताहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...