अब कार्यकारी राष्ट्रपतिको व्यवस्था गरौं : प्रभु साह



हाम्रो इकोनोमि

 

 

पूर्वमन्त्री प्रभु साहले देशमा देखिएका विभिन्न राजनीतिक संकट टार्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था जरूरी रहेको बताएका छन् ।  सर्लाहीको ईश्वरपुर नगरपालिका–६, वयलबाँस बजारमा आयोजित आईटी आर्मीको जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले संसदबाट प्रधानमन्त्री चुन्ने व्यवस्थाका कारण नै नेताहरुमा लालसा बढी भएको र संसद विघटनदेखि विभिन्न षडयन्त्रहरु भएकोले राष्ट्रपतिय प्रणालीबारे सोच्नुपर्ने बताए ।

पूर्वमन्त्री साहले संसदीय प्रणालीबाट मुलुकमा निरन्तर अस्थिरता पैदा भएको बताए । बिगतमा भएको पटक पटक संसद विघटनबाट शिक्षा लिदै अब संसदबाट सरकारको नेतृत्व चयन गर्ने प्रणाली हटाउन जरूरी रहेको उनको जीकिर छ । उनले जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गरे मात्र विद्यमान राजनीतिक संकट टर्ने बताए ।

 

‘विगत केही महिनादेखि देशमा विद्यमान संकट समाधानको एक मात्र दिगो विकल्प भनेको संसदबाट प्रधानमन्त्री चुन्ने प्रणालीको विकल्प खोज्दै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुतर्फ लाग्नु हो ।’ पूर्वमन्त्री साहले भने, ‘देशमा संसद विघटनको क्रम रोक्न, दलीय प्रणालीको उपहास रोक्न, गलत राजनीतिक संस्कार बढ्न नदिन तथा कम्तिमा ५ वर्षे स्थिर सरकार निर्माण गर्नका लागी मुलुकमा अब आम नेपाली जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको नेतृत्व जरूरी छ ।’

विश्वको जुनसुकै राष्ट्रहरुमा शासकीय स्वरुप एउटा निश्चित सिद्धान्तको आधारमा तय गरिएको हुन्छ तर नेपालको शासकीय स्वरुप विपरीत सिद्धान्तहरुको खिचडी नै रहेको बताउँदै उनले सामन्तवादी, पुँजीवादी र दलाल पुँजीवादी, सर्वहारावादी, पश्चगामी, यथास्थितिवादी र अग्रगामी विचार तथा सोचवाला सबै पार्टीहरुको निहीत स्वार्थ र अपवित्र सम्झौतामा तयार भएको कनफ्यूजन व्यवस्थाले गर्दा नै आज मुलुकमा यस्तो परिणाम देखिएको बताए ।

देशमा शक्ति पृथकीकरण र शक्ति सन्तुलनको तालमेलको पनि अभाव भएकोले अस्थिरता र अराजकता अझ बढने निश्चित रहेको उनको ठहर छ। सबैले एकपल्ट शासकीय स्वरूप बारे गम्भीरतापूर्वक विचार गर्ने बेला आएको पूर्वमन्त्री साहले बताए ।

वयलबाँस बजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा भेलाबाट समाजसेवी युवा नेता बलराम खडकाको संयोजकत्वमा आईटी आर्मीको सर्लाही जिल्ला कमिटी गठन भएको छ । कार्यक्रममा पूर्व प्रदेशसभा सदस्य कुन्दन कुश्वाहा, आईटी आर्मीका राष्ट्रिय संयोजक चन्द्र भुषण साह, नेताहरु नागेन्द्र साह, उदय प्रसाद साह, रविन्द्र सिंह लगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...