एमाले सिध्याउन माधव नेपालले गरे यस्ता गम्भिर ६ भिडन्त



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेभित्रको शक्तिसंघर्षले अध्यक्ष केपी शर्मा ओलीलाई एक पछि अर्को धक्का लाग्दै आएको छ । उनका विरोधी खेमाका माधवकुमार नेपालले एकपछि अर्को फाइदा लिंदै शक्तिसञ्चय गरिरहेका छन् । एमालेभित्रको शक्तिसंघर्षमा ओली निकै बलियो देखिन्छन् । पार्टीभित्र केन्द्रीय कमिटी र संसदीय दलमा ओलीको भारी बहुमत छ । १२१ जना सांसद रहेको एमालेमा माधव नेपालको पक्षमा २३ जना मात्र सांसद खुलेका छन् । ओलीको पक्षमा झण्डै ९० जना छन् । बाँकी तटस्थ भूमिकामा छन् ।

नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको २०३ सदस्यमध्ये ओलीको पक्षमा ११० भन्दा बढी छन् । माधव नेपालको पक्षमा ८० जति छन् । बाँकी तटस्थ भूमिकामा छन् । पार्टी कमिटी र संसदीय दलमा ओलीभन्दा निकै कमजोर भएपनि माधव नेपालले संसदीय राजनीतिको खेल चतुरता देखाए । उनले खुलेरै भनेका थिए, मर्ता क्या नही कर्ता । यति भन्दै संसदीय राजनीतिको भिडन्तमा उत्रिएका माधव नेपाल हरेकपटक विजयी बन्दै गए । ओली कडा वचन बोल्दै गए । माधव नेपाल मैदानमा विजेता बन्दै गए ।

भिडन्त नं १
कर्णाली प्रदेशमा एमालेको बहुमत हुँदा हुँदै महेन्द्रबहादुर शाहीको सत्ता सुरक्षित गरिदिए । नेपाल पक्षका प्रकाश ज्वालासहित ४ सांसदले विश्वासको मत लिंदा फ्लोर क्रस गरे । कर्णालीमा एमाले नेतृत्वको सरकार बन्ने अवस्था हुँदा हुँदै माधव नेपालको रणनीतिमा असफल पारियो । ओलीले ठूलो धक्का खाए ।

भिडन्त नं २
त्यसपछि सुदूरपश्चिममा पनि त्यस्तै भयो । माधव नेपाल खेमाका सांसदले त्रिलोचन भट्ट नेतृत्वको सरकार जोगाइदिए । माओवादीको सरकार एमालेकै सांसदले जोगाइदिएर ओलीलाई धक्का दिए । सुदूरपश्चिम ओली पक्षधर संसदीय दलमा अल्पमतमा रहेको एकमात्र प्रदेश देखियो ।

भिडन्त नं ३
गण्डकी प्रदेशमा पनि माधव नेपालले ओलीलाई धक्का दिए । त्यहाँ गठबन्धनले पृथ्वी सुब्बा गुरुङ्ग नेतृत्वको सरकार ढाल्यो । नेपालले त्यहाँ पनि संसदीय राजनीतिका चतुरता देखाए ।

भिडन्त नं ४
राष्ट्रियसभाको बागमती प्रदेशको रिक्त चुनावमा पनि माधव नेपालले ओलीलाई धक्का दिए । नेपाल निकट खिमलाल देवकोटा रामबहादुर थापा बादलविरुद्ध उम्मेदवार बने । कलम चिन्हबाट स्वतन्त्र उम्मेदवार बनेका देवकोटाले गठबन्धनबाट मत पाए । जसमा एमालेको माधव नेपाल पक्षधर प्रदेश सभा सांसद, स्थानीय निकायका मतदाता जनप्रतिनिधिको पनि मत थियो ।

भिडन्त नं ५
ओलीलाई प्रधानमन्त्रीबाट हटाउने निर्णायक शक्ति पनि माधव नेपाल नै बने । दोस्रोपटक प्रतिनिधि सभा विघटन हुनु अघि माधव नेपाल पक्षधर २८ सांसदले हस्ताक्षर गरेर देउवालाई प्रधानमन्त्री बनाउने बहुमत सांसदको दाबी प्रस्तुतीमा हस्ताक्षर गरेका थिए । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नै प्रधानमन्त्री कायम राखी प्रतिनिधि सभा विघटनको सिफारिश सदर गरी मध्यावधि चुनावको घोषणा गरिदिइन् । अदालती प्रक्रिया लामो समय चल्यो । त्यस क्रममा माधव नेपालले ओलीविरुद्ध आफ्नो शक्ति प्रयोग गरे । उनी पक्षधर सांसद घटिरहे । तर, ती ओलीलाई सत्ताबाट हटाउने अवस्था बनाउन पर्याप्त बने ।

शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि उनलाई विश्वासको मत दिंदा माधव नेपाल पक्षधर २२ सांसदले मतदान गरे । जसमध्ये ओलीको मन्त्रिमण्डलमा मन्त्री भएकाहरु पनि थिए । उनले ओलीलाई त्यहाँ पनि धक्का दिए ।

भिडन्त नं ६
लुम्बिनी प्रदेशमा ओलीनिकट शंकर पोखरेल नेतृत्वको सरकार ढाल्न लामो संघर्ष चल्यो । पोखरेलको पक्षमा बहुमत कायम रहन नदिन माधव नेपालले दाङ २ ख बाट निर्वाचित प्रदेश सभा सांसद अम्बरबहादुर डाँगी क्षेत्रीलाई राजीनामा गर्न लगाए । त्यसपछि पोखरेल अल्पमतमा परे । उनले बिमला वली खत्रीलाई साथमा तानेर सरकार जोगाउन खोजे । तर, सफल भएनन् । एमालेको सुर्य चिन्हबाट निर्वाचित अजय शाही पनि गठबन्धनको पक्षमा उभिए । माधव नेपालले ओलीलाई लुम्बिनीमा पनि धक्का दिएर देखाइदिए ।

कसरी सम्भव
संसदीय राजनीतिको लामो अभ्यास गरेका, नेकपा एमालेको लामो समय नेतृत्व गरेका माधव नेपालले राजनीतिक अनुभव विरोधीलाई साइजमा ल्याउन प्रयोग गरे । संसदीय राजनीतिको पछिल्लो लडाईंमा माधव नेपालले ओलीलाई जताततै पछारिदिए । अंकगणितमा ओलीभन्दा जतिसुकै कमजोर भएपनि माधव नेपालले हरेक मैदानमा पछारिदिएका छन् । यसका लागि उनले एमालेबाहेकको शक्तिहरुसँग गठबन्धन बनाएका छन् ।

अबको भिडन्त
माधव नेपाल ओलीसँग अझै भिडन्तमा छन् । अबको भिडन्त नेकपा एमालेको नेतृत्वबाट ओलीलाई हटाउने या विभाजन गर्नेमै देखिएको छ । यो भिडन्तमा माधव नेपालले चाल्ने कदम र रणनीति चासोको विषय बनेको छ । उनी ओलीलाई एमाले अध्यक्षबाट हटाउने साहसका साथ जुटेका छन् । तर, त्यो सजिलो छैन । ओलीसँग एउटै पार्टीमा बस्न नसकिने निष्कर्षमा पुगेका नेपालले हटाउन नसके पार्टी विभाजन गर्ने निश्चितप्रायः छ । त्यसपछि यी दुईको भिडन्त नयाँ मोडमा पुग्न सक्छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...