देउवा सरकारको आयु बैशाखसम्म मात्र : हृदयेश त्रिपाठी



हाम्रो इकोनोमि

 

 

पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले शेरबहादुर देउवा नेतृत्वको सरकार धेरै नटिक्ने दावी गरेका छन् । त्रिपाठीले देउवा नेतृत्वको सरकारको आयु बैशाखसम्म मात्र टिक्ने दावी गरेका हुन् ।

गृहजिल्ला पश्चिमनवलपरासीमा पत्रकारसँग कुरा गर्दै त्रिपाठीले कांग्रेस महाधिवेशनलगत्तै देउवा सरकारले संसद् विघटन गरेर चुनाव गराउने योजनामा रहेको सूचना बाहिर आउन थालेको तर्क गरेका हुन् ।

त्रिपाठीले कात्तिक महिनाभित्र महाधिवेशन सकेर बैशाखमा चुनाव गराउने योजनामा देउवा रहेको जानकारी आफूले पाएको बताए ।

सरकार चलाउन कति गाह्रो रहेछ भन्ने कुरा सरकारले पूर्णता नपाउनुले पुष्टि गरेको उनको भनाइ छ । संघदेखि प्रदेशसम्मको सरकार परिवर्तनले अहिलेको संरचना नै अस्थिर भएको देखिएकाले प्रदेश नै भंग हुने अवस्थाको बहस भइरहेको त्रिपाठीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...