नेपाल समूह भोलि नै सरकारमा सहभागी हुँने, नयाँ दल खोल्ने तयारी



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल अब केपी शर्मा ओलीसँग मिल्न नसकिने निश्कर्षमा पुगेका छन् । नेता नेपालले अब छिट्टै नयाँ दल गठन गर्ने तयारी गरेका छन् । नेपालनिकट स्रोतकाअनुसार हिजो केन्द्रीय कमिटी बैठक राखेर महाधिवेशनलक्षित महत्वपूर्ण निर्णयहरु गरेर अध्यक्ष ओली एकलौटी ढंगले अघि बढ्न खोजेको र एकता नचाहेकोले अब विकल्पमा जानुपर्नेमा नेता नेपाल पुगेका छन् । उनी अहिले आफूनिकट नेताहरुसँग उनी हिजैदेखि आन्तरिक परामर्शमा छन् । खासगरी अध्यक्ष ओलीसँग वार्ता तथा छलफलमा रहेका दोस्रो पुस्ताका नेताहरुको कारण उनी रोकिएका हुन् । होईन, भने यतिवेलासम्म उनले नयाँ पार्टी जन्माईसकेका हुन्थे ।

एमाले अध्यक्ष ओलीले आज प्रतिनिधिसभामा विपक्षी दलको नेताको हैसियतमा लामो सम्बोधन गरेका छन् । ओलीको आजको सम्बोधनले पनि नेता नेपाल झनै निराश बनेका छन् । उनले आफूनिकट सांसद तथा नेताहरुसँग ‘अब विकल्पमा जानुपर्छ, ढिलाई गर्दा हामीलाई नै घाटा हुन्छ, तपाईँहरु तयार हुनुहोला, म धेरै अघि बढिसकें’ भनेका छन् ।

स्रोतका अनुसार नेता नेपालले आफ्नो समूहबाट सरकारमा सहभागी हुनेहरुको नामसमेत तय गरिसकेका छन् । नेपालनिकट एक नेताले भने,‘उहाँले भोलि नै आफ्नो समूहबाट मन्त्री बन्नेहरुको नाम प्रधानमन्त्रीज्यूलाई पठाउनुहुनेछ, अब उहाँ अघि बढिसक्नुभयो । रोकिनेवाला हुनुहुन्न ।’

नेता नेपालले आज विहानमात्रै पनि आफूनिकट नेताहरुलाई फोनमार्फत देशैभरि समानान्तर कमिटी गठन गर्न र गतिविधि गर्न निर्देशन दिईसकेका छन् । भविष्यमा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग पनि एकता गर्नेगरि नयाँ दल गठन प्रक्रियामा नेता नेपाल अघि बढेका छन् । यो विषयमा अध्यक्ष प्रचण्डसँग पनि सकारात्मक कुरा भएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...