नेपाल समूह भोलि नै सरकारमा सहभागी हुँने, नयाँ दल खोल्ने तयारी



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल अब केपी शर्मा ओलीसँग मिल्न नसकिने निश्कर्षमा पुगेका छन् । नेता नेपालले अब छिट्टै नयाँ दल गठन गर्ने तयारी गरेका छन् । नेपालनिकट स्रोतकाअनुसार हिजो केन्द्रीय कमिटी बैठक राखेर महाधिवेशनलक्षित महत्वपूर्ण निर्णयहरु गरेर अध्यक्ष ओली एकलौटी ढंगले अघि बढ्न खोजेको र एकता नचाहेकोले अब विकल्पमा जानुपर्नेमा नेता नेपाल पुगेका छन् । उनी अहिले आफूनिकट नेताहरुसँग उनी हिजैदेखि आन्तरिक परामर्शमा छन् । खासगरी अध्यक्ष ओलीसँग वार्ता तथा छलफलमा रहेका दोस्रो पुस्ताका नेताहरुको कारण उनी रोकिएका हुन् । होईन, भने यतिवेलासम्म उनले नयाँ पार्टी जन्माईसकेका हुन्थे ।

एमाले अध्यक्ष ओलीले आज प्रतिनिधिसभामा विपक्षी दलको नेताको हैसियतमा लामो सम्बोधन गरेका छन् । ओलीको आजको सम्बोधनले पनि नेता नेपाल झनै निराश बनेका छन् । उनले आफूनिकट सांसद तथा नेताहरुसँग ‘अब विकल्पमा जानुपर्छ, ढिलाई गर्दा हामीलाई नै घाटा हुन्छ, तपाईँहरु तयार हुनुहोला, म धेरै अघि बढिसकें’ भनेका छन् ।

स्रोतका अनुसार नेता नेपालले आफ्नो समूहबाट सरकारमा सहभागी हुनेहरुको नामसमेत तय गरिसकेका छन् । नेपालनिकट एक नेताले भने,‘उहाँले भोलि नै आफ्नो समूहबाट मन्त्री बन्नेहरुको नाम प्रधानमन्त्रीज्यूलाई पठाउनुहुनेछ, अब उहाँ अघि बढिसक्नुभयो । रोकिनेवाला हुनुहुन्न ।’

नेता नेपालले आज विहानमात्रै पनि आफूनिकट नेताहरुलाई फोनमार्फत देशैभरि समानान्तर कमिटी गठन गर्न र गतिविधि गर्न निर्देशन दिईसकेका छन् । भविष्यमा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग पनि एकता गर्नेगरि नयाँ दल गठन प्रक्रियामा नेता नेपाल अघि बढेका छन् । यो विषयमा अध्यक्ष प्रचण्डसँग पनि सकारात्मक कुरा भएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...