त्रिशुली बाङ्मय प्रतिष्ठानको साधारणसभा सम्पन्न नयाँ कार्यसमिति चयन



हाम्रो इकोनोमि

 

 

नुवाकोट स्थायी घर भई काठमाडौँलगायत देशका विभिन्न भागमा रही साहित्य सिर्जनामा सक्रिय सर्जकहरूको स्थापित संस्था त्रिशूली वाङ्गमय प्रतिष्ठानको बाह्रौँ साधारण सभाले साहित्यकार आरएम डंगोलको अध्यक्षतामा आगामी दुई बर्षका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । जसमा अध्यक्षमा आरएम डङ्गोल रहेका छन् भने उपाध्यक्षमा राजेन्द्रमान डङ्गोल चयन भएका छन् ।

त्यसैगरी महासचिवमा श्यामराज पाठक चयन भएका छन् । सचिवमा राजेन्द्र घिमिरे सागर, कोषाध्यक्षमा लक्ष्मी रूम्बा तथा सदस्यहरूमा पुरु लम्साल ,भैरवी ढुङ्गाना, कृष्णकिसु न्यौपाने, प्रभाती किरण ,सन्तोषी अधिकारी, बैरागी जेठा, उत्तम विचार भेटुवाल, पुरू बिमल, जया ओझा, जितेन्द्र सिह ठकुरी चयन भएका छन् । प्रतिष्ठानले नुवाकोट जिल्लामा जन्मिएर राजधानी काठमाडौँलगायत देशका विभिन्न भागलाई कर्मथलो बनाएका साहित्यकारहरुलाई एउटै मञ्चमा समेटी विविध साहित्यिक गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिष्ठानले विभिन्न संघ संस्थाहरूसँगको सहकार्यमा साहित्य यात्राहरु समेत आयोजना गर्दै आइ रहेको छ । त्यसैगरी अर्धवार्षिक रूपमा साहित्यिक पत्रिका त्रिशूली त्रिवेणी प्रकाशन पनि गर्दै आइरहेको छ । प्रतिष्ठानका अध्यक्ष एवम् कवि आरएम डङ्गोलले पर्यटनका लागि साहित्य भन्ने मूल नाराका साथ २०६६ सालमा स्थापना भएको संस्थाले साहित्यिक यात्रा र सिर्जनात्मक गतिविधि गर्दै आएको उल्लेख गरे । उनले कोरोना जोखिमकाबिच पनि प्रतिष्ठानले देश विदेशमा रहेका नुवाकोटेली स्रष्टाहरूलाई समेटेर भर्चुअल कवि गोष्ठीसमेत गरेको स्मरण गरे ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...