सरकारले मागेको स्पष्टिकरणको जवाफ नदिने अडानमा गुरु भट्टराई



हाम्रो इकोनोमि

 

 

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले आफू रेल्वे कम्पनीबाट हटेमा नेपालमा रेल नै चल्न नसक्ने जिकिर गरेका छन् । इमान्दारीपूर्वक काम नगरेको, राजनीतिक दल र तिनका पदाधिकारीलाई अशोभनीय एवम् गालीगलौजको शैलीमा टिप्पणी गरेको जस्ता अभियोग लगाएर सरकारले आइतबार तीनदिने म्याद दिई स्पष्टिकरण सोधेको जवाफमा सोमबार पत्रकार सम्मेलन गरी महाप्रबन्धक भट्टराईले भने- ‘सरकारले मलाई राजनीतिक स्पष्टिकरण सोधेकोले त्यसबारे कुनै जवाफ दिन मिल्दैन, स्पष्टिकरणको जवाफ दिन्नँ ।’

कसैको राजनीतिक कुराको जवाफ दिनु परे राजनीतिको मैदानमै उत्रिएर दिने हो भन्दै उनले आफूलाई रेल्वे कम्पनीको महाप्रबन्धकबाट बर्खास्त गर्ने वर्तमान सरकारको रणनीतिअनुसार स्पष्टिकरण सोधिएको आरोप लगाए ।

सरकारले महाप्रबन्धक भट्टराईमाथि अदालतको फैसलाबारे अमर्यादित टिकाटिप्पणी गरेको, सार्वजनिक पदाधिकारीले पालना गर्नुपर्ने आचरणविरुद्ध कार्य गरेको जस्ता आरोप लगाएको छ । यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसम्वद्ध सार्वजनिक निकायको पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड २०७७ को दफा ९ को खण्ड (घ) बमोजिम खराब आचरण तथा इमान्दारीपूर्वक काम नगरेकोले महाप्रबन्धक पदबाट किन नहटाउने ? भनी स्पष्टिकरण सोधेको छ ।

आफूले शुन्य अवस्थाबाट काम शुरु गरेर आज अब रेल कुद्ने अवस्था आइसकेको दाबी गर्दै भट्टराईले रेल गुड्ने बेला आफूलाई हटाउन स्पष्टीकरण सोधिएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...