सरकारले मागेको स्पष्टिकरणको जवाफ नदिने अडानमा गुरु भट्टराई



हाम्रो इकोनोमि

 

 

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले आफू रेल्वे कम्पनीबाट हटेमा नेपालमा रेल नै चल्न नसक्ने जिकिर गरेका छन् । इमान्दारीपूर्वक काम नगरेको, राजनीतिक दल र तिनका पदाधिकारीलाई अशोभनीय एवम् गालीगलौजको शैलीमा टिप्पणी गरेको जस्ता अभियोग लगाएर सरकारले आइतबार तीनदिने म्याद दिई स्पष्टिकरण सोधेको जवाफमा सोमबार पत्रकार सम्मेलन गरी महाप्रबन्धक भट्टराईले भने- ‘सरकारले मलाई राजनीतिक स्पष्टिकरण सोधेकोले त्यसबारे कुनै जवाफ दिन मिल्दैन, स्पष्टिकरणको जवाफ दिन्नँ ।’

कसैको राजनीतिक कुराको जवाफ दिनु परे राजनीतिको मैदानमै उत्रिएर दिने हो भन्दै उनले आफूलाई रेल्वे कम्पनीको महाप्रबन्धकबाट बर्खास्त गर्ने वर्तमान सरकारको रणनीतिअनुसार स्पष्टिकरण सोधिएको आरोप लगाए ।

सरकारले महाप्रबन्धक भट्टराईमाथि अदालतको फैसलाबारे अमर्यादित टिकाटिप्पणी गरेको, सार्वजनिक पदाधिकारीले पालना गर्नुपर्ने आचरणविरुद्ध कार्य गरेको जस्ता आरोप लगाएको छ । यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसम्वद्ध सार्वजनिक निकायको पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड २०७७ को दफा ९ को खण्ड (घ) बमोजिम खराब आचरण तथा इमान्दारीपूर्वक काम नगरेकोले महाप्रबन्धक पदबाट किन नहटाउने ? भनी स्पष्टिकरण सोधेको छ ।

आफूले शुन्य अवस्थाबाट काम शुरु गरेर आज अब रेल कुद्ने अवस्था आइसकेको दाबी गर्दै भट्टराईले रेल गुड्ने बेला आफूलाई हटाउन स्पष्टीकरण सोधिएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...