रौतहटको अग्रगामी विरासत माथि उठनेछ : पूर्वमन्त्री साह



हाम्रो इकोनोमि

 

 

पूर्वमन्त्री प्रभु साहले रौतहटको अग्रगामी विरासतलाई माथि उठाउने बताएका छन् । आज गुजरा नगरपालिकाको कटानीमा स्थानीयसंग अन्तरक्रियाको क्रममा पूर्वमन्त्री साहले देशमा अव्यवस्था, अस्थिरता आएको खण्ड हरबखत रौतहटले त्यसको सामना गरी देशलाई निकास दिदै आएको बताए । अहिले देशमा पुनः राजनैतिक संकट बढ़ेकोले यस च्यालेन्जलाई स्वीकारेर रौतहटले देशलाई सुशासन र सुव्यवस्था प्रदान गर्न आह्वान गरे । केही तत्वहरुले रौतहटको भुमिलाई बदनाम एवम् कलंकित गर्न खोजेको पनि उनको आरोप छ । उनले रौतहटको विरासतलाई आफुहरुले रक्षा गर्ने बताए । देशमा जब जब अव्यवस्था बढ़ेको र प्रतिक्रियावादले शिर उठाएको छ तब तब त्यसलाई तह लगाएर देशलाई निकास दिने काम रौतहटले गरेको छ ।

रौतहटको ईतिहास छ कि ठुल्ठुला तानाशाह र सामन्तलाई ढालेको छ । गौरवशाली विरासत बोकेको रौतहटको अगाडि पुनः अर्को च्यालेन्ज आएको छ । अव्यवस्था, र अराजकताले वर्चस्व पाएर देशलाई खोक्रो बनाउदै गएको छ । मन्त्री साहले भने, रौतहटले यस च्यालेन्जलाई एक्सेप्ट गर्नुपर्छ र देशलाई निकास दिनुपर्छ । अब रौतहटको अग्रगामी विरासतको रक्षा तपाईं हामीले गर्नुपर्छ ।

पूर्वमन्त्री साहले रौतहटको गुजरासहित फतुवा विजयपुर, कटहरियालगायतका नगरपालिकाका स्थानीयसंग अन्तरक्रिया गर्नुका साथै सो क्षेत्रमा निर्माणाधीन परियोजनाहरुको अनुगमनसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...