महन्थ ठाकुरको बिचल्ली, महतो तनाबमा



हाम्रो इकोनोमि

 

 

महन्थ ठाकुरले जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्ष पद गुमाएसँगै पूर्व तमलोपाका नेताहरू राजेन्द्र महतोसँग रिसाएर आगो बनेका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले आधिकारिकता पाएपछि ठाकुरको अध्यक्ष पद फुत्किएको हो । महतोको भाउँतोमा लागेर पार्टीभित्र छन्नभाँती निर्णयहरू गराएपछि जसपा फुटको संघारमा पुगेर बालबाल बचेको छ ।

जसपा तत्कालका लागि फुटबाट बचे पनि ठाकुरले पार्टी फुटाउने पक्का जस्तै छ । पार्टी फुटाउन महतोले ठाकुरलाई उचाल्दै आएका छन् । ठाकुरले महतोको साथ छाडेर जाने हो भने जसपामा सम्मानजनक स्थान पाउन सक्छन् । तर, ठाकुरलाई महतोप्रति धेरै मोह भएका कारण पूर्व तमलोपाका नेताहरूको राजनीति धरापमा परेको चर्चा छ । जसपाले निर्वाचन आयोगमा पठाएको अद्यावधिक सूचीलाई आयोगको किताबखानामा दर्ता गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताएका छन् । अद्यावधिक गरिएको सूचीमा जसपामा एकल अध्यक्ष रहने व्यवस्था गरिएको छ ।

आयोगमा अद्यावधिक गरिएको सूचीमा ठाकुर र उनीनिकट राजेन्द्र महतो, शरत्सिंह भण्डारी, अनिल झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण, निर्जला राउत, चन्दा चौधरी, केशव झालगायत १६ जनाको कार्यकारिणी सदस्य पद गुमेको छ । अब उनीहरू पार्टीको साधारण सदस्यमात्र रहनेछन् । जसपाको कार्यकारिणी समिति अब ३५ सदस्यीय भएको छ ।

निर्वाचन आयोगमा हेडकाउन्ट हुँदा अध्यक्ष यादवलाई साथ दिएका कार्यकारिणी समितिका ३४ सदस्यलाई अद्यावधिक गरिएको सूचीमा राखिएको छ । हेडकाउन्ट हुँदा तटस्थ देखिएका रेशम चौधरीलाई पनि अध्यक्ष यादवले कार्यकारिणी समितिमा राखेका छन् । हेडकाउन्टमा ठाकुरको पक्षमा उभिएका १६ जना कार्यकारिणी सदस्यलाई सूचीबाट हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...