कुनै पनि हालतमा अध्यक्ष छाड्दिनँ : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा अध्यक्ष पद नछाड्ने बताएका छन् । पछिल्लो समय पार्टीभित्र माधवकुमार नेपाल पक्षले एकताका नाममा सर्तमाथि सर्त थपिरहेको भन्दै अध्यक्ष ओलीले उसको नियतमा पनि आशंका गरेका छन् ।

हिजो साँझ ओली निवास बालकोटमा कर्णाली प्रदेशका नेकपा एमालेका १० वटै जिल्ला अध्यक्षसँगको सामूहिक भेटघाटमा उनले भने, “पार्टी एकता गर्नुपर्छ भन्ने कुरा म पनि मान्छु । तर अर्को पक्षले सर्तैसर्त राखिरहेको छ । त्यसलाई हुबहु मानेर म महाधिवेशनको म्यान्डेट विपरीत एकता गर्न सक्दिनँ । पदीय भागबन्डा मैले होइन, महाविशेनले नै टुंग्याउनुपर्छ । अहिले टुंगाए पनि भोलि पनि गुटगत गतिवधि नहोला भन्ने छैन ।”

नेकपा एमाले कालीकोटका अध्यक्ष नगीन्द्र शाही नेसनलका अनुसार अध्यक्ष ओलीले कर्णालीका १० वटै जिल्ला अध्यक्षको सामूहिक भेटघाटमा मुलुकको समसामयिक राजनीति, संगठन निर्माण, प्रमुख प्रतिपक्षको हैसियतमा खेल्नुपर्ने भूमिका, पार्टीका एजेन्डाबारे छलफल गरेका थिए ।

अध्यक्ष ओलीले आफू पार्टीको जिम्मेवार नेता भएकाले कति लचिलो हुनुपर्ने हो, त्यति भएको, पार्टीका काम थातीराखेर हरसम्भव प्रयास गरेको तर गुटका नाममा सर्त थपिरहँदा नियत राम्रो नदेखिएको पनि बताए । उनले भने, “पार्टी एकताका निम्ति कुनै बाबासित ग्रह दशा या चिना-टिपन हेराउनु पर्दैन ।”

कालीकोट अध्यक्ष शाहीले पार्टी एकताको अन्यौल अलिम्ब चिरेर अघि बढ्नुपर्ने सुझाव दिएको रिपोर्टर्स नेपाललाई बताए । उनले भने, “पार्टी भनेको नेताहरुको मिलन मात्र होइन, विचार, सिद्धान्त र मुद्दाको मिलन हो । सक्दो चाँडो पार्टीमा व्याप्त अन्यौल चिरेर अघि बढ्नुपर्छ भनेर सल्लाह दियौं, शाहीले भने, एमाले मिल्दा राम्रो हो, अहिले सम्भव छैन भने पछि मिलौला । अझ पछि त माओवादीसँग पनि मिल्न सकिने ठाउँ रहला । सबै बाम, एक ठाम हुने स्थिति पनि रहला । तर अब नेकपा एमाले हातखुट्टा बाँधेर गन्तव्यमा पुग्न सक्दैन । यो कर्णालीका १० जिल्ला मात्र नभएर ७७ जिल्लाकै एमालेजनको आवाज हो ।”

सामूहिक भेटघाटमा भूगोलका कुरा पनि मन खोलेर भएको नेता शाहीले बताए । उनले भने, “पार्टीभित्रको मतमतान्तर र अन्तरसंघर्ष रुपान्तरणका लागि हुनुपर्छ । तर माधव नेपाल विचार समूहका नाममा एकले अर्कोलाई सिध्याउने काम भइरहेको देखिन्छ । विधान र पद्धतिले नमिल्ने कुरा गरेर पार्टीलाई अनिर्णयको बन्दी बनाइरहनु उचित होइन ।”

सुर्खेतका ध्रुव शाही, दैलेखका रवीन्द्र शर्मा, हुम्लाका दल रावल, सल्यानका गोविन्द पुन, डोल्पाका लंकबहादुर शाही, जाजरकोटका करवीर शाही, मुगुका सोनाम लामा, पश्चिम रुकुमका नन्दऋषि शर्मा, जुम्लाका जयबहादुर रोकाया र कालीकोटका नगीन्द्र शाही नेसनल ओली निवास पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...