मन्त्रीमण्डल नबन्दै देउवालाई अर्को झड्का, उपेन्द्रपनि बिच्किए



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो क्याबिनेटमा उपप्रधानमन्त्री नराख्ने भनेसँगै सत्तारुढ जनता समाजवादी पार्टीमा त्यसका ‘साइड इफेक्ट’ देखिन थालेका छन् । देउवाले उपप्रधानमन्त्री नराख्ने भन्दा माओवादी अध्यक्ष प्रचण्डलाई मात्र होइन जसपाभित्र पनि कतिपय नेतालाई राहत मिलेको छ । यद्यपि जसपा अध्यक्ष उपेन्द्र यादव यसअघि केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीबिना नै मन्त्री भएका थिए ।

जसपाको आज बस्ने केन्द्रीय कार्यकारिणी समिति बैठक सरकारमा जाने विषयमै छलफलमा केन्द्रित हुनेछ । तर, आफू सरकारको नेतृत्व गरेर जाने अवस्था नहुँदा कुनै कारण देखाएर सरकारमा तत्काल सहभागी नहुने निर्णय उपेन्द्रले गराउन खोजेको आशंका समेत कतिपय नेताहरूले गर्न थालेका छन् । मन्त्री बन्न कै लागि संसद पुनःस्थापनापछि महन्थ ठाकुर पक्षका १० जना सांसद उपेन्द्रतिर लागेका छन् । उनीहरू मन्त्री बन्न नपाए यादवको साथमा रहन गाह्रो छ । संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलगायत शीर्ष नेताबाहिरबाट सरकारमा मन्त्री पठाउने र त्यसमा बहुमत जुटाउने पक्षमा छन् ।

खेमा बदलेर उपेन्द्रलाई साथ दिएका महिन्द्रराय यादव र मृगेन्द्रकुमार सिंह यादवलाई मन्त्री बन्नबाट रोक्न अरु सांसद लागेका छन् । मृगेन्द्र प्रतिनिधिसभा चुनाव हारेर राष्ट्रियसभामा आएकाले उनलाई नारायणकाजी रोक्ने संवैधानिक अस्त्र प्रयोग भएको छ । महिन्द्र यादव आर्थिक मामिलामा बदनाम भएको भन्दै पार्टीभित्रबाट उनलाई सरकारमा जान नदिन वहुसंख्यक नेताहरु एकमत छन् । बाबुराम र अशोक राईले समेत उनको नाममा आपत्ति जनाएको जसपा स्रोतले जनाएको छ ।

अशोक राई खेमाबाट राजेन्द्र श्रेष्ठ मन्त्री बन्न र सरकारको नेतृत्व गरेर जान लबिङमा छन् । तर, जसपाको जनाधार नै मधेस भएको र काठमाडौं जिल्लाभरिबाट ५ हजार मत समेत ल्याउन नसक्ने श्रेष्ठलाई मन्त्री बनाउँन नहुने भन्दै मधेशी सांसदहरू विरोधमा छन् । एकातिर महन्थ छाडेर आएका १० जना सांसदको व्यवस्थापन र अर्कोतिर आफू सरकारमा जाने परिस्थिति प्रतिकूल बन्दै जाँदा उपेन्द्र यादव नयाँ रणनीतिमा जुटेका छन् ।

सरकारमा बढीमा ६ मन्त्री पाइने र त्यसको भोलिपल्टै सांसदहरू महन्थतिर लाग्ने खतरा जसपामा छ । संसद पुनःस्थापनाअघि यादवसँग १२ जना सांसद थिए भने महन्थ पक्षमा २० जना थिए । मन्त्री बन्न नपाएका र मन्त्री बनेकाहरू समेत यादवको पल्ला भारी भएपछि महन्थलाई छाडेर उनीतिर लागेका थिए । तर सरकारमा सहभागितापछि एकपटक फेरि सांसदहरूको ओहोरदोहोर चल्ने र महन्थ पक्ष बलियो बन्ने अवस्था आउने भएकाले नेताहरू परिपक्व अवस्था बनाएर मात्र निर्णय गर्न चाहन्छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...