गृहसचिवमा बिबादास्पद पाण्डेलाई लैजाने तयारी



हाम्रो इकोनोमि

 

 

सरकार परिवर्तनसँगै स्थायी सरकार मानिने कर्मचारी तन्त्र बीचमा समेत ठुलो फेरबदल आउने अपेक्षा गरिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सचिवहरु सरुवा गरि परिवर्तनको अनुभुती गराउने अभियान थाल्ने चर्चासँगै धेरै सचिबहरु राम्रा मन्त्रालयको चाहना राख्दै शक्तिकेन्द्र धाउन थालेका छ्न। अर्थ मन्त्रालयमा मधु मरासिनीको सरुवासँगै तीन सचिबको सरुवा भएको छ। कतिपय बिगत राम्रो नभएका मात्रै होइनन कार्य अनुभव समेत नभएका सचिबहरु शक्तिकेन्द्रको आडमा कतै मन्त्रालय हत्त्याउने त होइनन भनेर सरकारले राम्रो गरोस् भन्नेहरुले चिन्ता व्यक्त गर्न थालेका छ्न।

यसैबीच गृह मन्त्रालय जाने सचिवहरु धेरै देखिएका छ्न। हाम्रालाइ होइन राम्रालाइ गृह मन्त्रालयमा सचिव भित्र्याउदा चौतर्फी चुनौतीका बीच उभिएको यो सरकारबाट जनपक्षीयकाम गर्न सहज हुने विश्लेषण एकातिर छ।अर्कोतिर, शिक्षाको अनुभव बटुलेका सधैं बिबादास्पद छवि बनाएका टेकनारायण पाण्डे यतिबेला गृह मन्त्रालयमा सचिव बन्न शक्तिकेन्द्र धाउन थालेको देखिएको छ।

ओलि सरकारलाई सूचना दिने भुमि आयोगको घोटालामा मुछिएका पाण्डे त्यो थैलिलाइ यतिबेला प्रयोग गर्छु र गृह छिर्छु भन्दै दौडधुप लागेको उनको यस्तो रबैया बुझ्ने काङ्ग्रेसका कतिपय नेताहरू नै रुष्ट देखिएका छ्न। ओलि सरकारका पालामा म त खाटी ओलिभक्त हु भन्दै हिडने र ओलिका अनियमितताका काममा जोडिएका पाण्डे गृह मै आए भने सरकार फरक भएको अर्थ नरहने धेरैको प्रतिक्रिया सुनिन्छ।

यो सरकारलाई नराम्रो काम गर्ने छुट छैन भनिरहदा अतित राम्रो नभएका प्रशासकहरुलाइ यतिबेला आराम गर्ने मन्त्रालय दिनुपर्ने जोड ओलि सरकारका गतिविधि नियाल्नेहरुले बताउन थालेका छ्न।गृहको राम्रो अनुभव भएका सचिवलाई लैजाने पात्र हुदाहुदै पनि पाण्डे लाई लगे गृह प्रशासन लथालिङ्ग हुने गृहका एक सहसचिवले   बताए।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...