न्यूनतम साझा कार्यक्रममा गठबन्धन दलबीच विवाद



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको झण्डै एक महिनामा सरकारको न्यूनतम साझा कार्यक्रम तयार भएको छ ।गठबन्धनमा सहभागी दलका दोस्रो तहका नेताहरुले तयार पारेको न्यूनतम साझा कार्यक्रमलाई आइतबार विहान बसेको शीर्ष नेताहरुको बैठकले अन्तिम रुप दिएको छ । आइतबार अपरान्ह ४ बजे यसलाई सार्वजनिक गर्ने तयारी छ ।

एक नेताका अनुसार न्यूनतम साझा कार्यक्रममा सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने र स्थानीय तहलाई प्रदेश मातहत ल्याउने दुवै विषय छैन । जबकि संविधान विपरीत स्थानीय तहलाई प्रदेश मातहत ल्याउन पहल गर्ने विषय सरकारको न्यूनमत साझा कार्यक्रममा राखेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुले विरोध गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले पनि विज्ञप्ति निकालेर विरोध गरेका थिए ।

किन भयो त विवाद ?

गठबन्धनमा आवद्ध दलहरुले न्यूनतम साझा कार्यक्रम बनाउन नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा ७ सदस्यीय कार्यदल बनाएका थिए । कार्यदलमा कांग्रेसबाट रमेश लेखक र मिनेन्द्र रिजाल, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जनता समाजवादी पार्टी  (जसपा)बाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सदस्य थिए । कार्यदलमा प्रारम्भीक छलफल भएपछि न्यूनतम साझा कार्यक्रमको मस्यौदाको जिम्मेवारी राजेन्द्र श्रेष्ठले पाएका थिए ।

श्रेष्ठले बनाएको प्रारम्भिक मस्यौदामा स्थानीय तहलाई प्रदेश मातहत ल्याउन पहल गर्ने भनिएको थियो । जसपाले यही मत राख्दै आएको छ । त्यसअनुसार जसपा नेता श्रेष्ठले मस्यौदामा राखे । तर कार्यदलमा भएका कांग्रेस नेताहरुले त्यसमा सहमति जनाएनन् ।

कार्यदलका एक सदस्य भन्छन्, ‘प्रारम्भिक मस्यौदा बनेपछि हामीले नै तीन पटक संशोधन गरेका छौं । त्यसमा स्थानीय तहलाई प्रदेश मातहत ल्याउन पहल गर्ने विषय छँदैछैन । तपाईंहरुले बाहिर पाउनु भएको कार्यदलको प्रस्ताव होइन ।’ कार्यदलले तयार पारेको मस्यौदा राष्ट्रिय योजना आयोगसम्म पुगेको र प्रधानमन्त्री स्तरबाट समेत संशोधन भएकाले बाहिर आएको मस्यौदामा धेरै हेरफेर भएको बताइएको छ ।

कांग्रेस नेताहरु पनि चाहन्छन् संयन्त्र

सत्तारुढ माओवादी केन्द्रले स्थायी कमिटीबाटै उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्न माग गरेको थियो भने जसपा पनि यसको पक्षमा छ ।स्रोतका अनुसार कांग्रेसका केही नेता पनि संयन्त्र गठन गर्ने र वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाहरुलाई सरकार सञ्चालनमा स्पेश दिनुपर्छ भन्ने मत राख्छन् । तर सरकारको न्यूनमत साझा कार्यक्रममा यो समावेश छैन । कार्यदलमा रहेका जसपा नेता राजेन्द्र श्रेष्ठ भन्छन्, ‘गठबन्धनको कार्यविधिमा विधि बनाउँदा आउन सक्छ ।’

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...