ओलीको समान अध्यक्ष नपाए पार्टी एकता हुाँदैन : माधव नेपाल



हाम्रो इकोनोमि

 

 

जनता समाजवादी पार्टीका उपाध्यक्ष उपेन्द्र यादवले आगामी निर्वाचनसम्म माओवादी, जसपा र एमालेको माधव नेपाल पक्षसहितको वृहत एकताको प्रस्ताव अघि सारेका छन् । जसपा अध्यक्ष यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई हालको सत्ता गठबन्धन निर्माणका प्रमुख सूत्रधार हुन् । अहिलेको सत्ता गठबन्धनलाई चुनावसम्मै लैजान यसअघि अनौपचारिक सम्झौता समेत भइसकेको छ ।

आउने चुनावमा नेपाली कांग्रेससहित हालको गठबन्धनले सिट बाँडफाँट गरेर चुनाव लड्ने अनौपचारिक सहमति भए पनि त्यसको औपचारिक पुष्टि कसैले गरेका छैनन् । गठबन्धनले सम्पादकहरुसँग गरेको अन्तरक्रियामा माओवादी अध्यक्ष प्रचण्डले यो गठबन्धन आउने चुनावसम्मै जाने बताएका थिए । यसबीचमा एमालेको माधव नेपाल पक्ष पार्टी एकताको पक्षमा लागेपछि माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष यादवले सत्ता गठबन्धनमै रहन नेपालमाथि दबाब बढाएका छन् । नेपाललाई उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनाउने प्रस्ताव समेत गइसकेको छ ।

तर, माधव पक्षको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले १० बुँदे सहमतिका आधारमा नेता कार्यकर्ताको राजनीतिक जीवनको सुरक्षा हुने गरी एमालेकै एकतामा जोड दिएको छ । यद्यपी यादवले माधव नेपालमात्र होइन नेपाल निकट कतिपय नेता र सांसदहरुसँग समेत एउटै पार्टीबाट आउने चुनाव लड्ने कुरा गरेका छन् । यादवलाई भेटेका एक एमाले सांसदले भने, ‘माधवजीलाई तपाईहरुले साथ दिनुस् । यो गठबन्धन आउने चुनावसम्मै लैजान्छौं । तपाईहरु जो जो प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ त्यो ठाउँमा कांग्रेसले पनि उम्मेदवार उठाउँदैन । हामी त्यसअघि नै समाजवादी केन्द्र बनाएर एउटै चुनाव चिह्नबाट लड्छौं ।

यादवले एमालेका माधव नेपाल पक्षका नेताहरुसँग एक्ला एक्लै भेटेर पनि एउटै पार्टी बनाउने प्रक्रियामा नेपाललाई मनाउन आग्रह गरेका छन् । उनले एमालेमा मिले पनि केपी ओलीले भोलिपल्टैदेखि बस्न खान नदिने भन्दै ओलीसँग फर्किने गल्ति नगर्न सुझाव दिने गरेका छन् । यादवको भनाइ उदृत गर्दै एक एमाले नेताले भने, ‘प्रचण्ड,माधव नेपाल र हामी मिलेर गयौं भने पहिलो पार्टी बन्न सकिन्छ । म हिजो पनि माधव नेपालको नेतृत्वमा एमालेमा काम गरेको मान्छे हुँ । ओलीलाई राम्रोसँग चिनेको छु, उनले तपाईहरुलाई टिक्न दिँदैनन् । त्यसैले गठबन्धन नछाडौं ।’ माधव पक्षीय नेता तथा सांसद मेटमणी चौधरीले हालै एक अन्तर्वार्तामा १७ महिनापछि माओवादी, माधव नेपाल पक्ष र जसपा तथा विप्लवहरुसहितको वृहत पार्टी एकता हुने बताएका छन् ।

माधव नेपाल पक्ष एमालेमा मिल्न गएमा गठबन्धन सरकार कुनै पनि बेला अल्पमतमा पर्न सक्ने भएकाले पनि यादव समाजवादी केन्द्र निर्माणको प्रस्ताव लिएर हिडेका हुन् । महन्थ ठाकुर पक्षले देउवालाई विश्वासको मत दिए पनि उपेन्द्र यादव सत्तामा रहेकाले साथ दिइरहन सक्दैन ।

एमाले मिल्नासाथ महन्थ पक्ष पनि विपक्षमा उभिँदा सरकार अल्पमतमा पर्ने निश्चित छ । त्यसैले माधव नेपाल पक्षलाई एमालेमा मिल्न नदिन सत्ता गठबन्धनले आउने चुनावमा माधव पक्षका जति प्रत्यक्ष निर्वाचित सांसद छन् सबैलाई जिताउनेदेखि पार्टी एकतासम्मका प्रस्तावहरु लगिरहेको स्रोतले जनाएको छ । तर माधव नेपाल समूहमा अधिकांश नेता पार्टी एकताको पक्षमा उभिएका कारण उनले चाहेजस्तो निर्णय हुन सकेको छैन । नेपालले शनिवार पनि दोलखाका कार्यकर्ताको भर्चुअल बैठकमा ओलीको समान कानूनी अधिकारसहितको अध्यक्ष नपाए एकता हुन नसक्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
एमालेमा डिजिटल सदस्यता प्रणाली लागू

  नेकपा (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने...

आज देशभर वर्षा र हिमपात हुने

    आज बिहानै काठमाडौँमा वर्षा भएको छ । यस्तै, दिउँसो मुलुकका केही...

एकैपटक १ हजार ५ सय ९४ जना पदमुक्त हुने

   राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश,...

अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...