एमाले उपाध्यक्ष रावल र राष्ट्रपति भण्डारीबीच भेटवार्ता



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का उपाध्यक्ष डा भीमबहादुर रावलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ । शनिबार साँझ राष्ट्रपति भेट्न शितल निवास पुग्नुभएका डा रावलले त्यहाँ करिब साँढे दुइ घण्टा विताएको स्रोतले जनाएकोछ  ।

नेकपा एमालेको जारी विधानमा उमेर हदको सीमा सम्बन्धि व्यस्था कायम रहे रावल अध्यक्षका प्रवल दाबेदार देखिएका छन । त्यसका लागि उनले पनि आफ्नो सक्रियता बढाएका छन भने माधवकुमार नेपालको कांग्रेस गमन छाडेर एमालेको गतिबिधिमा सहभागी हुन चाहिरहेका छन ।

शनिबार साँझ भण्डारी र रावलकोबीचमा के कुरा भयो भन्ने बाहिरिएको छैन । यद्यपी उनीहरूले साँझ ५ बजेर १० मिनेटदेखि ७ बजेर ४० मिनेट सम्म कुराकानी गरेको बुझिएको छ । रावलले एमाले विरोधी गतिबिधि गरिरहेका माधव नेपाल समूहका सबै छलफलमा जान छाडेका छन । र गएको समयमा एकतावद्ध एमालेको पक्षमा विचार राखेर हिड्ने गरेका छन ।

एमालेमा समस्या पर्दा शीर्ष नेताहरूले यसअघि पनि राष्ट्रपति भण्डारीसँग परामर्श गर्ने गरेका थिए । नेकपाकालिन समयमा पनि अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बीचमा खटपट हुँदा भण्डारीले मध्यस्ताको भूमिका निर्वाह गर्दै आएकी थिइन ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...