एमाले उपाध्यक्ष रावल र राष्ट्रपति भण्डारीबीच भेटवार्ता



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का उपाध्यक्ष डा भीमबहादुर रावलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ । शनिबार साँझ राष्ट्रपति भेट्न शितल निवास पुग्नुभएका डा रावलले त्यहाँ करिब साँढे दुइ घण्टा विताएको स्रोतले जनाएकोछ  ।

नेकपा एमालेको जारी विधानमा उमेर हदको सीमा सम्बन्धि व्यस्था कायम रहे रावल अध्यक्षका प्रवल दाबेदार देखिएका छन । त्यसका लागि उनले पनि आफ्नो सक्रियता बढाएका छन भने माधवकुमार नेपालको कांग्रेस गमन छाडेर एमालेको गतिबिधिमा सहभागी हुन चाहिरहेका छन ।

शनिबार साँझ भण्डारी र रावलकोबीचमा के कुरा भयो भन्ने बाहिरिएको छैन । यद्यपी उनीहरूले साँझ ५ बजेर १० मिनेटदेखि ७ बजेर ४० मिनेट सम्म कुराकानी गरेको बुझिएको छ । रावलले एमाले विरोधी गतिबिधि गरिरहेका माधव नेपाल समूहका सबै छलफलमा जान छाडेका छन । र गएको समयमा एकतावद्ध एमालेको पक्षमा विचार राखेर हिड्ने गरेका छन ।

एमालेमा समस्या पर्दा शीर्ष नेताहरूले यसअघि पनि राष्ट्रपति भण्डारीसँग परामर्श गर्ने गरेका थिए । नेकपाकालिन समयमा पनि अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बीचमा खटपट हुँदा भण्डारीले मध्यस्ताको भूमिका निर्वाह गर्दै आएकी थिइन ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...