७६१ वटा सरकारको भार नेपालले थेग्न सक्दैन: प्रभु साह



हाम्रो इकोनोमि

 

 

 

पूर्वमन्त्री प्रभु साहले ७६१ सरकारको भार नेपालले थेग्न नसक्ने बताएका छन् । शनिबार बाराको कलैयामा आयोजित आईटी आर्मीको बारा जिल्ला भेलालाई सम्बोधन गर्ने क्रममा पूर्वमन्त्री साहले नेपालको सन्दर्भमा ७६१ सरकार रहने व्यवस्था लादेर मुलुकलाई अस्तव्यस्त बनाएको टिप्पणी गरे । क्षेत्रफलमा विशाल र आर्थिक रूपमा अग्रस्थानमा रहेका देशहरुमा ५० को हाराहारी सरकार रहेको भन्दै उनले खिचडी संविधानको एक विकृत प्रणालीको रुपमा देशमा सयौं सरकार जन्माइएको टिप्पणी गरे ।

स्थानीय तहहरुलाई कानुन बनाउने अधिकार, कार्यकारिणी अधिकारी दिनु लुट मच्चाउने खेलको वीजारोपण रहेको पूर्वमन्त्री साहको ठहर छ । उनले देशलाई समृद्ध बनाउनको लागि वर्तमान व्यवस्थाको विकल्पमा परिस्कृत समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने उनको भनाई छ । ूसंसारमा काहीँ नभएको ७६१ वटा सरकार नेपालमा छ । रसिया, अमेरिका, क्यानडा, भारत, चीनजस्ता विशाल क्षेत्रफल एवम् जनसंख्या भएको र आर्थिक रुपमा सम्पन्न देशहरुमा ५० को हाराहारी भन्दा बढी छैन । तर अहिले हेर्नुस नेपालमा सयौंको संख्यामा सरकार छ । गाउँ गाउँमा कानुन बनाउने अधिकार, उच्च तहको कार्यकारिणी अधिकार दिनेजस्ता विशेषाधिकार दिएर लुट आतंकको वीजारोपण भएको छ ।

पूर्वमन्त्री साहले भने, ूसमग्रमा यो सबै वर्तमान खिचडी संविधानको उपज हो। संविधानमा लादिएका यस्ता कयौं व्यवस्थाका कारण आज देश अस्थिरताको सुरुवात हो । देशलाई समृद्ध र स्थिर बनाउने हो भने वर्तमान व्यवस्थाको विकल्प खोज्नैपर्छ कलैयास्थित कर्णराज प्यालेसमा सम्पन्न भेलाबाट प्रदिप साहको संयोजकत्वमा आईटी आर्मीको बारा जिल्ला कमिटी गठन भएको छ । कार्यक्रममा संविधानसभा सदस्य ईस्लाम हवारी, पूर्व प्रदेशसभा सदस्य कुन्दन कुश्वाहा, नेताहरु उमेश कुश्वाहा, धुरी साह, पवन तिवारी, अमिताभ बच्चन दास, आइटी आर्मी पर्साका संयोजक सन्तोष पटेल, रौतहटका संयोजक नरेश साह लगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...