माधव पक्ष सरकारमा नजाने, देउवा अल्पमतमा पर्ने संकेत, १० बुँदे मान्न तयार



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको माधव नेपाल पक्षले पार्टीमा गठित एकता कार्यदलले गरेको १० बुँदे सहमतिलाई नै एकताको आधार ठहर्‍याएको छ । दुई दिनसम्म चलेको केन्द्रीय समिति वैठक आज ४ बुँदे निर्णय गर्दै सम्पन्न भयो । बैठकपछि पत्रकारसँग बोल्दै स्थायी कमिटी सदस्य नेता रघुजी पन्तले आफ्नो समूह सरकारमा नजाने बताए । उनले भने देउवा सरकार अल्पमतमा पर्ने संकेत देखिएको छ ।

बैठकले आजसम्म भएका सबैखाले सहमतिलाई आधार मानेर एकताप्रक्रिया अझ परिष्कृत बनाउने र संवादलाई निरन्तरता दिने निर्णय गरेको उनले जानकारी दिए । बैठकले एकता प्रक्रियामा अवरोध हुने गरी पार्टी सदस्यता वितरण र नवीकरण लगायतका सांगठनिक गतिविधि नगर्न समेत संस्थापन पक्षसंग आग्रह गरेको छ ।

१० बुँदे लगायतका सहमतिले एकताको आधार तयार गरेको छ । पार्टीलाई एकताबद्ध बनाउन थप सजगतासाथ अगाडि बढ्नुपर्छ भन्ने बैठकको निर्णय हो’, पन्तले भने । बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई जति गाली गरे पनि एमाले एकताको पक्षमा आफू रहेको बताए । ‘केपी ओलीले जति गाली गरेपनि म अझै पनि एमाले एकताको पक्षमा छु । केपी ओलीले हामीलाई अल्मल्याउन खोजेको हो कि भन्ने शंका छ तर पनि त्यस्तो नहोला भन्ने मेरो विश्वास छ । एकताको प्रयत्न जारी राखौ’, नेपाललाई उद्धृत गर्दै पन्तले भने ।

बैठकले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । त्यस्तै पार्टीका विभिन्न नेतालाई लाञ्छना लगाउने र आरोपित गर्ने काम दुवै पक्षबाट हुन नहुनेमा ध्यानाकर्षण समेत बैठकले गरेको छ । केन्द्रीय कमिटीको बैठकमा आज ३५ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए । उनीहरूले सम्मानजनक पार्टी एकताको पक्षमा धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...