माधव गुटको केन्द्रीय कमिटीमा ४० प्रतिशत पुगेन



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक जारी छ । हिजोदेखि सुरु भएको बैठक आजपनि जारी छ । बैठकमा पार्टी एकतामा जाने कि विभाजन रोज्ने भनेर दुईथरी विचार आएका छन् । कतिपय नेताले भने एमालेमै संघर्ष गरेर अघि बढ्नुपर्ने पनि धारणा राखेका छन् ।

वरिष्ठ नेता नेपाल भने आफूहरुले एकताको लागि गम्भीर पहल गरेको भएपनि अध्यक्ष केपी शर्मा ओलीले जहिलेपनि छलछाम र धोकाधडीको राजनीति गरेको गुनासो पोखेका छन् । हिजो बैठकको सुरुवातमा सम्बोधन गर्दै नेता नेपालले ओलीलाई विश्वास गर्न नसकिने धारणा राखेका थिए । पछिल्लो समय समान अधिकारसहित अध्यक्ष दिने प्रस्ताव पनि ओलीले नै गरेको र बाहिर मिडियामा भने आफूले माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव नगरेको भनेर अभिव्यक्ति दिएको विषयमा पनि हिजोको बैठकमा कुरा उठेको थियो ।

नेपाल पक्षले आफूहरुले अघि सारेका माग सम्बोधन भए एकताको लागि कुनै बाधा नभएको निश्कर्ष निकालेको छ । नेपाल पक्षधर नेता विरोध खतिवडाले त यही साउन २४ गते नै पार्टी एकता हुने वा विभाजन हुने भन्नेबारे टुँगो लाग्ने निश्कर्ष निकालेका छन् । नेपाल पक्षका अधिकांश सांसदहरु भने अब ओलीसँग मिल्न नसकिने निश्कर्षमा पुगेका छन् । कतिपय नेताले संसदीय दल र केन्द्रीय कमिटी दुवैमा आफूहरुको ४० प्रतिशत पुग्ने भनेर दाबी गरेपनि अवस्था त्यस्तो नरहेको एक नेताले बताएका छन् ।

ती नेताले माधव नेपालले पार्टी विभाजनको बाटो रोजे उनलाई केन्द्रीय कमिटीमा पनि ४० प्रतिशत संख्या पुर्याउन सक्ने अवस्था नभएको जिकिर गरे । उनले भने,‘माधव नेपाललाई केन्द्रीय कमिटीमा पनि ४० प्रतिशत पुर्याउन हम्मेहम्मे हुन्छ । पार्टी फुट्ने शर्तमा माधव कमरेड कमजोर हुनुहुन्छ ।’ उनले अब नेता नेपालसँग अध्यक्ष ओलीसँग सम्झौता गर्ने वा एमालेबाट चोईटिने यी दुई मध्ये एक मात्रै विकल्प रहेको टिप्पणी गरे ।

उता, नेपालनिकट सांसद मेटमणि चौधरीले भने आफूहरु पार्टी विभाजनको पक्षमा नरहेको जिकिर गरे । बरु, एमालेमै संघर्ष गरेर ओलीमुक्त एमाले बनाउने तयारी रहेको चौधरीको भनाई छ । उनले माधव नेपालसँग केन्द्रीय कमिटीमा करिब ६५ प्रतिशत र संसदीय दलमा ४० प्रतिशभन्दा बढि संख्या रहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
एमालेमा डिजिटल सदस्यता प्रणाली लागू

  नेकपा (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने...

आज देशभर वर्षा र हिमपात हुने

    आज बिहानै काठमाडौँमा वर्षा भएको छ । यस्तै, दिउँसो मुलुकका केही...

एकैपटक १ हजार ५ सय ९४ जना पदमुक्त हुने

   राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश,...

अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...