माधव गुटको केन्द्रीय कमिटीमा ४० प्रतिशत पुगेन



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक जारी छ । हिजोदेखि सुरु भएको बैठक आजपनि जारी छ । बैठकमा पार्टी एकतामा जाने कि विभाजन रोज्ने भनेर दुईथरी विचार आएका छन् । कतिपय नेताले भने एमालेमै संघर्ष गरेर अघि बढ्नुपर्ने पनि धारणा राखेका छन् ।

वरिष्ठ नेता नेपाल भने आफूहरुले एकताको लागि गम्भीर पहल गरेको भएपनि अध्यक्ष केपी शर्मा ओलीले जहिलेपनि छलछाम र धोकाधडीको राजनीति गरेको गुनासो पोखेका छन् । हिजो बैठकको सुरुवातमा सम्बोधन गर्दै नेता नेपालले ओलीलाई विश्वास गर्न नसकिने धारणा राखेका थिए । पछिल्लो समय समान अधिकारसहित अध्यक्ष दिने प्रस्ताव पनि ओलीले नै गरेको र बाहिर मिडियामा भने आफूले माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव नगरेको भनेर अभिव्यक्ति दिएको विषयमा पनि हिजोको बैठकमा कुरा उठेको थियो ।

नेपाल पक्षले आफूहरुले अघि सारेका माग सम्बोधन भए एकताको लागि कुनै बाधा नभएको निश्कर्ष निकालेको छ । नेपाल पक्षधर नेता विरोध खतिवडाले त यही साउन २४ गते नै पार्टी एकता हुने वा विभाजन हुने भन्नेबारे टुँगो लाग्ने निश्कर्ष निकालेका छन् । नेपाल पक्षका अधिकांश सांसदहरु भने अब ओलीसँग मिल्न नसकिने निश्कर्षमा पुगेका छन् । कतिपय नेताले संसदीय दल र केन्द्रीय कमिटी दुवैमा आफूहरुको ४० प्रतिशत पुग्ने भनेर दाबी गरेपनि अवस्था त्यस्तो नरहेको एक नेताले बताएका छन् ।

ती नेताले माधव नेपालले पार्टी विभाजनको बाटो रोजे उनलाई केन्द्रीय कमिटीमा पनि ४० प्रतिशत संख्या पुर्याउन सक्ने अवस्था नभएको जिकिर गरे । उनले भने,‘माधव नेपाललाई केन्द्रीय कमिटीमा पनि ४० प्रतिशत पुर्याउन हम्मेहम्मे हुन्छ । पार्टी फुट्ने शर्तमा माधव कमरेड कमजोर हुनुहुन्छ ।’ उनले अब नेता नेपालसँग अध्यक्ष ओलीसँग सम्झौता गर्ने वा एमालेबाट चोईटिने यी दुई मध्ये एक मात्रै विकल्प रहेको टिप्पणी गरे ।

उता, नेपालनिकट सांसद मेटमणि चौधरीले भने आफूहरु पार्टी विभाजनको पक्षमा नरहेको जिकिर गरे । बरु, एमालेमै संघर्ष गरेर ओलीमुक्त एमाले बनाउने तयारी रहेको चौधरीको भनाई छ । उनले माधव नेपालसँग केन्द्रीय कमिटीमा करिब ६५ प्रतिशत र संसदीय दलमा ४० प्रतिशभन्दा बढि संख्या रहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...