ओलीलाई माफी माग्न माधव गुटको अल्टिमेटम



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको माधव नेपालपक्षीय केन्द्रीय कमिटी बैठकमा आज ५५ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेपछि केहीबेरलाई स्थगित भएको छ । बैठकमा पार्टी एकताको विषयमा छलफल भए पनि केपी ओलीले आफ्ना गल्तीप्रति क्षमायाचना गरेमात्र त्यसतर्फ सोच्न सकिने केन्द्रीय सदस्य मेटमणी चौधरीले बताए ।

उनले सरकारमा जानुपर्ने विषयमा नै धेरै सदस्यहरूको एकमत रहेको बताए । ओलीलाई हटाउन नसके र उनी नसुध्रिए अर्को पार्टी बनाएर जानुपर्ने कुरा बैठकमा उठेको चौधरीले बताए ।

ओलीलाई एक साताभित्र सार्वजनिकरूपमा माफी मागेर पार्टी एकताको लागि वातावरण बनाउन डेडलाइन दिइने चौधरीले जानकारी दिए। तलैसम्म पार्टीका समानान्तर गतिविधिहरू चलाउने र सरकारमा पनि जाने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...