७० वर्षे उमेर हद हटाउने एमालेको तयारी, क-कसलाई हुने भो फाईदा



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले विधान संशोधनका लागि आन्तरिक छलफल थालेको छ । भदौ २७ र २८ गते हुने विधान महाधिवेशनको तयारीस्वरूप अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटीका केही नेताहरूसँग आज छलफल गर्दैछन् । २०७१ सालको नवौं महाधिवेशनबाट पारित विधानमा नयाँ परिवेश अनुसार संशोधनका लागि प्रस्ताव तयार गर्न नेताहरूबीच अनौपचारिक छलफल गर्न लागिएको एमालेले जनाएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानको हलमा विधानबारे छलफल हुँदैछ ।

एमालेको हालको विधान संघीय ढाँचा अनुसार छैन । त्यस्तै ७० वर्षे उमेर हद लगायतका विषयहरू र संविधान अनुकूलका संरचनाहरू विधानमा व्यवस्था गर्न बाँकी छ । यीलगायत विधानमा गर्नुपर्ने संशोधन र हेरफेरबारे नेताहरूले एकखालको सहमति गरेपछि मस्यौदा गरिने भएको छ ।एमाले केन्द्रीय कमिटीको बैठक शनिबार बस्दैछ । विधान महाधिवेशनको तयारीका लागि विभिन्न समितिहरू समेत बनिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...