नेपाली कांग्रेसमा नयाँ लफडा सुरु, तनाबमा देउवा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसको १४औँ महाधिवेशनलाई लिएर नेता रामचन्द्र पौडेल समूहले लफडा शुरु गरेको छ । पौडेल समूहले सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई असहयोग शुरु गरेको छ । देउवाले भदौमा तोकिएको समयभित्र महधिवेशन गर्ने भनेका छन् । देउवाले विभिन्न दलबाट आएका नेता कार्यकर्तालाई समायोजन पनि सकेका छन् । क्रियाशील सदस्यताको अधिकांश विवाद पनि मिलाएका छन् ।

नेता पौडेल सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई दवावमा राखेर कांग्रेसका दुई वटा सभापति बनाउन चाहेका छन् । पौडेलले देउवाको बद्नाम गर्न महाधिवेशन विरोधी गतिविधि गरेका छन् । केही जिल्लाहरू बाहेक देउवाले सबै कुरा मिलाएका हुन् । तर, पौडेल समूहले सहमतिमा समायोजन भएका जिल्लाहरूको पनि विवाद निकालेको छ । विवाद छ भने पार्टीभित्र छलफल गरेर समाधान गर्न सकिन्छ । तर, पौडेल समूह समहमित भइसकेका विवाद झिकेर लफडामा लागेको हो ।

भदौमा महाधिवेशन भएन भने देउवालाई सभापति मान्न नसकिने पौडेलले सार्वजनिक रुपमा भनेका रहेछन् । पौडेललाई पनि नेता नमान्न सकिन्छ यो कुरा उनले भुलेका छन् । मिलेर सहमतिमा महाधिवेशन गर्नुपर्नेमा पौडेलको हर्कतले कांग्रेसमा नयाँ क्रियाशील सदस्यता दिएका छन् । पौडेल समूहको गुटको हर्कतले कांग्रेसका हजारौँ नयाँ क्रियाशील सदस्यतहरू मतदानबाट बञ्चित हुने पक्का छ ।

देउवा प्रधानमन्त्री छन् । सरकारलाई सहयोग गर्नुपर्ने बेला पौडेल समूहले विगतमा नेकपा र एमालेभित्र देखिएका विवाद जस्तै गरेर बखेडा झिकेको आरोप छ । यस्तै अवस्था पौडेल समूहले गरिरह्यो भने कांग्रेस नेतृत्वको सरकार र कांग्रेस पार्टीभित्र ठूलो संकट उत्पन्न हुने पक्का छ । पौडेल समूहलाई केही विदेशी तत्वहरूले उचालेका कारण प्रधानमन्त्री देउवा, सरकार र १४औँ महाविधेश भाँड्ने अभियानमा लागेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...