दोस्रो अध्यक्ष बन्न माधव नेपाल तयार, देउवाको अर्कै अफर



हाम्रो इकोनोमि

 

 

 

सत्तारुढ गठबन्धनका निर्णायक नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई उच्चस्तरीय राजनीतिक संयन्त्रको अध्यक्ष बन्न प्रस्ताव गरिएको छ । सरकारको न्युनतम साझा कार्यक्रम मस्यौदा गर्न गठित सात सदस्यीय कार्यदलले समेत सरकार सन्चालनमा सघाउन उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन सुझाव दिएको बेला त्यसको प्रमुखमा माधव नेपालको नाम प्रस्ताव भएको हो । प्रधानमन्त्री शेरवहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपाललाई आफ्ना सांसद सरकारमा पठाउन र उच्चस्तरीय संयन्त्रको नेतृत्व गर्न आग्रह गरेका हुन् ।

माधव पक्षीय केन्द्रीय कमिटी बैठक जारी रहेका बेला उनले आफू निकट नेताहरुलाई पनि यसबारे जानकारी गराएका छन् । तर पार्टी एकताको प्रयास वारपार नहुन्जेल सरकारमा सहभागी हुने र संयन्त्रको नेतृत्व गर्नेबारे निर्णय लिन नसक्ने नेपालले जवाफ दिएका छन् । प्रचण्ड र माधव नेपालबीचका पटक पटकका छलफलमा पनि यीनै विषयमा कुराकानी भएकाले उनलाई पर्खेरै मन्त्रिपरिषद विस्तार समेत हुन सकेको छैन । शनिवार वा आइतवारसम्म माधव नेपालले निर्णय दिने बताइएको छ ।

विहीवार आफू निकट केन्द्रीय सदस्यहरुको बैठकमा बरिष्ठ नेता नेपालले केपी ओलीले एमालेमा स्पेस नदिने बताएका थिए । उनले आफूहरुले लडेर जोगाएको संसद बचाउनुपर्ने र सत्तारुढ गठबन्धन कायमै राख्ने दायित्व समेत रहेको भन्दै उच्चस्तरीय संयन्त्रको नेतृत्व गर्ने संकेत दिएका थिए । नेपाललाई स्थायी कमिटी सदस्यहरुले सत्ता गठबन्धन छाडेर एमाले एकतामा उभिन दबाब दिएकाले उनले केन्द्रीय सदस्यहरुको बैठक बोलाएका हुन् । केन्द्रीय सदस्य र सांसदहरुको ठूलो पंक्ति सरकारमा जानुपर्ने र केपी ओलीलाई अध्यक्ष मानेर एकता गर्न नसकिने पक्षमा छ ।

तर नेपाल निकट केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले भने सरकारमा जाने सम्भावना नरहेको बताए । उनले एमाले एकताको विकल्प नरहेकाले नेतादेखि तलसम्मका कार्यकर्ताको राजनीतिक जीवनको सुरक्षा हुने गरी पार्टी एकताबद्ध गर्नुपर्ने लाइनमै माधव नेपाल रहेको दावी गरे । त्यो भनेको बराबरी अधिकारसहितको अध्यक्ष माधव नेपाललाई बनाउनुपर्ने बटमलाइन हो । विधानमा दुई अध्यक्ष नभए पनि विधान महाधिवेशनबाट अन्तरिम व्यस्था गर्न सकिने र पहिलो दोस्रो भन्न नहुने उपाध्यक्ष युवराज ज्ञवालीले बताए ।

माधव नेपाल समूहका देशभरका नेता कार्यकर्ताको राजनीतिक सुरक्षाका लागि बराबरी अधिकारसहितको अध्यक्ष मागिएको उनले बताए । तर अध्यक्ष ओलीले नेपाललाई आफू बराबरको अधिकारसहित अध्यक्ष मानेर एकता गर्ने सम्भावना नरहेको विश्लेषण नेपाल पक्षको छ । ओलीले अघिल्लो केन्द्रीय कमिटी बैठकमा पार्टी एक हुन्छ भने माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार रहेको बताएका थिए । यसबीचमा विघटित कार्यदलका नेताहरुले पनि दोस्रो अध्यक्ष बनाएर एमाले एकता जोगाउने प्रयास गरिरहे पनि सफल भएको छैन । अध्यक्ष ओली र माधव नेपाललाई भेटाएर पावर शेयरिङमा दुई नेताबीच सहमति जुटाउने प्रयास समेत सफल नभएको बैठकमा भीम रावलले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...