रावल, पाण्डे, गोकर्ण, योगेश लगाएत आठ नेताले आजै माधव गुट छोडेको घोषणा



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका हस्तीहरुले उनले पार्टी फुटाउन खोजे साथ नदिने भएका छन् । नेपाल पक्षका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई, घनश्याम भुसाल, भीम आचार्य कुनै हालतमा पार्टी फुटाउन नहुने पक्षमा उभिएका छन् । आज नेपाल पक्षले डाकेको बैठकमा सुरेन्द्र पाण्डे र योगेश भट्टराई अनुपस्थित भए । नेपालले पार्टी फुटाउने तयारी गरेको संकेतका रुपमा आजको बैठकलाई लिइएको छ । यसकारण पनि पाण्डे र भट्टराई अनुपस्थित भएको बुझिएको छ ।

माधव नेपाल पक्षका अधिकांश केन्द्रीय सदस्यहरु भने ओलीसँग मिल्न सक्ने अवस्था नरहेकाले नयाँ ढंगले बढ्नुपर्ने पक्षमा छन् । उनीहरु विभाजनको पक्षमा उभिएको बुझिएको छ । तर, उपाध्यक्षहरु भीम रावल र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्यका अलावा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे एमालेभित्रै संघर्ष गरेर जानुपर्ने पक्षमा छन् ।

पार्टी विभाजन कुनै हालतमा स्वीकार्य नहुने सुरेन्द्र पाण्डे, योगेश भट्टराई र भीम आचार्यले माधव नेपाललाई भेटेरै भनिसकेका छन् । उपाध्यक्ष रावलले पनि पार्टी फुटाउन माधव नेपाललाई साथ दिन सकिने जवाफ दिइसकेका छन् । एमाले विभाजनका लागि तयारी अवस्थामा रहेका माधव नेपाल भने ब्याक हुने सम्भावना फितलो भइसकेको छ । उनले एकताका लागि एकपटक अन्तिम प्रयास गर्ने बुझिएको छ । त्यसमा पनि ओली लचिलो नभए विभाजनका लागि वाध्य हुने निकटस्थलाई सुनाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...