माधव गुट भेलामा ७० केन्द्रीय सदस्य मात्र, सुरेन्द्र र योगेश गएनन्



हाम्रो इकोनोमि

 

 

माधव नेपाल पक्षीय नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बुद्धनगरमा जारी रहेको छ । एमाले एकता कि विभाजनको दबाब बढिरहेको बेला केन्द्रीय सदस्यहरूको राय बुझ्न नेपालले बैठक बोलाएका हुन् ।

बिहान ११ बजे बस्ने भनेको बैठक स्थायी कमिटीमा छलफल गर्नु परेका कारण झण्डै ४ घण्टा ढिला शुरू भएको हो । आजको बैठकमा स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र योगेश भट्टराई पनि उपस्थित छैनन् । बैठकमा भर्खर माधव नेपालले सम्बोधन शुरू गरेका छन् ।

दुवै नेता कन्ट्र्याक ट्रेसिङमा परेका कारण उपस्थित हुन नसकेको जानकारी दिइएको छ । बैठकमा ७० जना केन्द्रीय सदस्य उपस्थित रहेको र केही उपत्यकाबाहिर रहेकाले छुटेका दावी नेपाल पक्षले गरेको छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...