उपसभामुखसहित नेपाल पक्षलाई ५ मन्त्रालय , को-को बन्दै छन् मन्त्री ?



हाम्रो इकोनोमि

 

 

लामो समयदेखि रिक्त रहेको प्रतिनिधिसभाको उपसभामुखमा नेकपा एमालेको माधवकुमार नेपाल पक्षले दावी गरेको छ । सत्तारुढ गठवन्धनसँगै सहकार्य गरिरहेको नेपाल पक्षले उपसभामुख आफ्नो पक्षलाई दिन यसअघि शीर्ष नेताहरुको बैकमा प्रस्ताव गरेको हो । संविधानमा भएको व्यवस्था अनुसार प्रतिनिधिसभाको सभामुख र उपसभामख फरक दल र फरक लिङ्गको हुनुपर्नेछ । विगतमा सत्तारुढ नेकपाका सभामुख भएपनि उपसभामुख चयन हुन सकेको थिएन । नेपाल पक्षले उपसभामुखमा कसलाई पठाउने भन्ने कुरा भने सार्वजनिक गरेको छैन ।

त्यस्तै उपसभामुख रामकुमारी झाँक्रीलाई बनाउने कि भन्ने चर्चा समेत चलेको छ। सभामुख पुरुष भएकाले उपसभामुख हुनु पर्ने छ। सो कारण पछिल्लो समय चर्चामा रहेकी झाँक्रीलाई उपसभामुख बनाउने चर्चा चलेको हो। शीर्ष नेताहरुको बैठकमा नेपाल पक्षले सरकारमा जाने हुंदा ५ मन्त्रालयसहित उपसभामुख दावी गरिरहेको माओवादी उच्च श्रोतले जानकारी दियो । एमाले संस्थागत हिसावले सरकारमा जाने कि नजाने भन्ने अझै किटान नभएकाले मन्त्रीहरुको विषय भने ओझेलमा परेको छ ।

माओवादी उच्च श्रोतका अनुसार नेता नेपालले यस अघि सरकारमा सहभागि हुनका लागि एमालेका ३ सांसदको नाम अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष दिईसकेका थिए । सोही अनुसार आईतबार वा सोमबार भित्र मन्त्रिपरिषद विस्तार गर्ने तयारी थियो । तर एमाले एकताका विषयमा कार्यदल तहमा केही सकारात्मक छलफल भएकाले नेपाल पक्ष तत्काल सरकारमा सहभागि नहुने कुराको जानकारी नेता नेपालले प्रचण्डलाई दिएका थिए ।

यस अघि बरिष्ठ नेता नेपालले एमालेका तर्फबाट डोटीका सांसद प्रेम आले र तनहुका सांसद किसान श्रेष्ठसहित अर्को एक जनाको नाम अघि सारेका थिए । तर तयारी अनुसार मन्त्रिपरिषद विस्तारको काम नभएकाले आले र श्रेष्ठसमेत मन्त्री बन्ने नबन्ने भन्ने कुराको किटान भएको छैन ।

एमाले नेपाल पक्षबाट सरकारमा सहभागि हुनेमा यसअघि आले, श्रेष्ठसँगै मेटमणी चौधरी, यज्ञराज सुनुवार, बिरोध खतिवडा, बेदुराम भुषाल लगायतको चर्चा चलेको थियो । दोश्रो तहका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतका नेताहरु अध्यक्षमा केपी ओलीलाई नै कायम राखेर एमाले एकताको पक्षमा लागेपछि बरिष्ठ नेता नेपाल, झलनाथ खनाल र तेश्रो तहका नेता बार्ताटोलीसँग असन्तुष्ट थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...