माधव नेपालकै दवावमा भूमि आयोग खारेज गरिएको खुलासा



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मापसे सरकारले एमालेका बिद्रोह नेता माधवकुमार नेपालको बिशेष आग्रहमा भूमि सम्बन्धी समस्या समाधान आयोग र त्यस्को देशभरिकै संरचनाको खारेज गर्ने निर्णय गरेको तथ्य खुलेको छ । माधवकै दवावमा पदाधिकारी परिवर्तन गरेर आफ्ना कार्यकर्ता भर्ती गर्ने बाटो छाडेर देउवा सरकारले आयोग नै खारेज गरेको तथ्य प्रधानमन्त्रीको सचिवालयबाटै बाहिरिएको हो ।

बालुवाटार स्रोतले भन्यो, एमालेका विद्रोही नेता एवं देउवा सरकारका जग माधवको विशेष आग्रहमा आयोग खारेजीको निर्णय भएको रहेछ । तात्कालिन एमालेको ९ महिने मनमोहन सरकारले गठन गरेको भूमि आयोग खारेज गर्ने अपराधलाई देउवाले २६ बर्षपछि पनि दोहोर्याउनु भएको छ । तर यसपटक एमाले नेता नेपालको अनुरोधमा देउवाले यस्तो निर्णय लिनुभएको हो ।

नेता नेपालले भूमि समस्या समाधान आयोगका नाममा केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका पदाधिकारीले गरेका निर्णय र कुनै पनि प्रयास र प्रयत्न निरन्तरता दिन नहुने र यो सरकारमा सहभागीता निम्ति आफ्नो बटमलाइन रहेको कुरा प्रधानमन्त्री देउवासँग बताउनु भएको थियो । सोहीअनुसार मंगलबार सरकारले लिएको अप्रिय निर्णयपछि धेरैले आलोचना गरे । कतिपय कांग्रेस नेताले प्रधानमन्त्रीसँग यसका बारेमा प्रश्न गरे, जवाफमा देउवाले माधव नेपालको विशेष आग्रहमा यस्तो निर्णय लिएको बताउनु भएको हो । भूमिसुधार मन्त्रालयको समेत जिम्मेवारी लिएका देउवाले यस्तो जवाफ दिएपछि कांग्रेस नेताहरु नै चकित परेका छन ।

आयोगका ७७ वटा जिल्लामा मात्र तीन जनाको दरले २३१ जना एमालेका नेताहरूले काम गरिरहेका थिए । उनीहरूले स्थानीय तहहरूसँगको समन्वयमा काम गरिरहेका थिए । आयोगको कार्यविधि पनि स्थानीय तहलाइ जिम्मेवार र उत्तरदायी बनाउने नै छ । तर सरकारले माधव नेपालको विशेष आग्रह भन्दै आयोगको समुल नष्ट गर्ने निणय गरेर १४ लाख भुमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित वसोवासीहरुको सपना निमोठ्ने काम गरेको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...