सबै संसद मन्त्रीबन्न खोजेपछि प्रचण्ड र देउवा तनावमा



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार विस्तारमा समस्या भएको छ । सत्ता साझेदार दलहरूभित्र मन्त्री चयनामा समस्या भएपछि देउवाले मन्त्रिमण्डल विस्तार गर्न नसकेका हुन् । देउवाले सरकारको नेतृत्व सम्हालेको तीन साताभन्दा धेरै भइसकेको छ । हुन त देउवाले मन्त्रीहरूको नाम पठाउन माओवादी केन्द्र र जनता समाजवादी पार्टी, नेपाल (जसपा)लाई आग्रह गरेको स्रोतको भनाइ छ ।

माओवादी र जसपाभित्र मन्त्री बन्ने आकांक्षीहरू धेरै छन् । सोही कारण ती दलहरूले मन्त्रीको नाम पठाउन सकेका छैनन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक रुपमा पार्टीभित्र धेरै सांसदहरू मन्त्री बन्न आकांक्षी भएपछि तनाव भएको बताएका थिए । जसपाका अध्यक्ष उपेन्द्र यादवको हालत पनि त्यस्तै छ । जसपामा मन्त्री बन्न अधिकांश सांसदहरू लागेका छन् ।

नेपाली कांग्रेसभित्र पनि उस्तै समस्या छ । मन्त्री बन्नेहरूको लस्कर लामो भएपछि देउवालाई तनाब भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले हैसियतभन्दा धेरै मन्त्रीहरू माग गरेर देउवालाई तनाव दिइरहेको कांग्रेसभित्र चर्चा छ ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई पनि देउवा र प्रचण्डले सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् । पार्टी एकताका लागि पछिल्लो समय बाक्लै गृहकार्य भएपछि नेपाल समूहले सरकारमा जाने इच्छा जनाएका छैन । मेटमणि चौधरी, प्रेम आले, किसान श्रेष्ठसहितका नेताहरू सरकारमा जाने पक्षमा छन् । तर अन्य नेताहरू सरकारमा जान नहुने पक्षमा छन् ।

सत्ता गठबन्धनको कार्यदलले साझा कार्यक्रम बनाएर मात्रै मन्त्रिमण्डल विस्तार गर्दा राम्रो हुने सुझाव दिएको छ । कार्यदलले बुधबार आफ्नो प्रतिवेदन तयार पारेर शीर्ष नेताहरूलाई दियो भने बिहीबार वा शुक्रबारसम्म मन्त्रिमण्डल विस्तार हुन सक्ने चर्चा छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...