मन्त्री बनाउन पनि परमादेश नै चाहिएको हो : महेश बस्नेत



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले सांसद महेश बस्नेतले सरकार गठनमा भइरहेकाे ढिलाइप्रति व्यंग गर्दै मन्त्री बनाउ परमादेश माग्नुपर्ने टिप्पणी गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बाेल्दै सांसद बस्नेतले भने, वर्तमान सरकारको ढिलासुस्ती, अर्कमन्यता, र अपरार्दशीतालाई जनताले हेरिरहेकोले अब मन्त्री बनाउन पनि परमादेश नै चाहिएको हो ?

अदालतको  मन्त्री बन्न खोजेकाहरू बेरोजगार बनेर आत्महत्या गर्छु भन्दै हिँड्न लागेको छन् । माओवादीका सांसदले मन्त्री नपाए आत्महत्या गर्छु भन्नु र काग्रेंसका जनप्रतिनिधिले नगरपालिका फोरेको समाचारहरू आइरहेकाले वर्तमान सरकारको निरिहिता पुष्टि गरेको उनले जनाए ।

उनले वर्तमान सरकारले अघिल्लो सरकारले व्यवस्थापन गरेको खोप समेत लगाउन नसकेकाे बताए । उनले जनताले खोप नपाइरहँदा होटेल होटेलमा खोप भेटिनु जस्ता कुराले सरकार कता हिँडिरहेको स्पष्ट हुने बताए ।

सरकार बनेको तीन सातामै खोप काण्ड, व्यापारीलाई मन्त्री बनाएको काण्ड, जयसिंह धामीको हत्या, सरकार विस्तारमा ढिलाई लगायतका दर्जनौ कारण जनताले परमादेशको सरकारले केही गर्न नसक्ने भन्दै जनादेशमा प्रधानमन्त्री केपी ओलीलाई सम्झिएको बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...