एमालेमा दुई वटा अध्यक्ष बनाउने तयारी



हाम्रो इकोनोमि

 

 

.

एमालेका नेता युवराज ज्ञवालीले पार्टीमा दुई वटा अध्यक्ष राख्ने प्रस्ताव उपयुक्त रहेको भन्दै स्वागत गरेका छन् । मंगलबार बिहान एक रेडियो  अन्तर्वार्ताका क्रममा ज्ञवालीले एमालेमा दुई वटा अध्यक्ष बनाएर जाँदा विवाद समाधान हुने बताए । उनले अध्यक्ष केपी ओलीद्वारा राखिएको दुई वटा अध्यक्षको प्रस्ताव उपयुक्त रहेको बताए ।

‘हामीले दुई वटा अध्यक्ष मागेका छैनौँ’, नेता ज्ञवालीले भने, ‘अध्यक्ष केपी ओलीले नै सार्वजनिक कार्यक्रममा दुई वटा अध्यक्षको प्रस्ताव गर्नुभएको हो । त्यो प्रस्ताव नराम्रो छैन । पार्टी एकताका लागि ठीक छ ।’

शेरबहादुर देउवा नेतृत्वको सरकारमा वरिष्ठ नेता माधव नेपाल समूह सहभागी नहुने बताए । ‘हाम्रो उदेश्य भनेको संविधान र लोकतन्त्र रक्षा गर्नुथियो । संसद बचाउनु थियो । त्यो उदेश्य पूरा भएको छ’, उनले भने, ‘अब पार्टी एकतामा लाग्छौँ ।’ नेता ज्ञवालीले पार्टी एकतामा अवसर पर्ने गतिविधि कुनै पनि पक्षबाट हुन नहुने बताएका छन् । ज्ञवाली वरिष्ठ नेता नेपाल समूह निकट मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...