एमालेमा दुई वटा अध्यक्ष बनाउने तयारी



हाम्रो इकोनोमि

 

 

.

एमालेका नेता युवराज ज्ञवालीले पार्टीमा दुई वटा अध्यक्ष राख्ने प्रस्ताव उपयुक्त रहेको भन्दै स्वागत गरेका छन् । मंगलबार बिहान एक रेडियो  अन्तर्वार्ताका क्रममा ज्ञवालीले एमालेमा दुई वटा अध्यक्ष बनाएर जाँदा विवाद समाधान हुने बताए । उनले अध्यक्ष केपी ओलीद्वारा राखिएको दुई वटा अध्यक्षको प्रस्ताव उपयुक्त रहेको बताए ।

‘हामीले दुई वटा अध्यक्ष मागेका छैनौँ’, नेता ज्ञवालीले भने, ‘अध्यक्ष केपी ओलीले नै सार्वजनिक कार्यक्रममा दुई वटा अध्यक्षको प्रस्ताव गर्नुभएको हो । त्यो प्रस्ताव नराम्रो छैन । पार्टी एकताका लागि ठीक छ ।’

शेरबहादुर देउवा नेतृत्वको सरकारमा वरिष्ठ नेता माधव नेपाल समूह सहभागी नहुने बताए । ‘हाम्रो उदेश्य भनेको संविधान र लोकतन्त्र रक्षा गर्नुथियो । संसद बचाउनु थियो । त्यो उदेश्य पूरा भएको छ’, उनले भने, ‘अब पार्टी एकतामा लाग्छौँ ।’ नेता ज्ञवालीले पार्टी एकतामा अवसर पर्ने गतिविधि कुनै पनि पक्षबाट हुन नहुने बताएका छन् । ज्ञवाली वरिष्ठ नेता नेपाल समूह निकट मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...