२२ दिनमा देउवा सरकारको २० काण्ड



हाम्रो इकोनोमि

 

 

सर्वाेच्च अदालतको परमादेश धाराबाट कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको २२ दिन पुगेको छ । २२ दिनसम्म प्रधानमन्त्री देउवा मन्त्रिपरिषदलाई पुर्णता दिन मात्र होइन, बिस्तार गर्नसमेत सक्नुभएको छैन । सरकार बिस्तार गर्न नसके पनि यस अवधीमै देउवा सरकारले एक दर्जन भन्दा बढी काण्ड घटनाएको छ । सर्वोच्च अदालतको परमादेश धाराअनुसार प्रधानमन्त्री नियुक्त हुनुभएका देउवाले २२ दिनमा जनताको पक्षमा एउटा पनि निर्णय गर्नुभएको पाइएको छैन भने जनताबिरोधी काम भने डेढ दर्जन पुगेका छन ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको राम्रा काम उल्ट्याएर देउवाले भकाभक नराम्रा कामलाई भने निरन्तरता दिनुभएको हो । देउवाले सरकार सम्हालेलगत्तै सार्वजनिक यातायातको भाडा बढाएर जनतालाई सुशासनको नमुना दिएको छ । जसलाई पहिलो काण्डको रुपमा राखिएको छ ।

प्रधानमन्त्री देउवाले यो समयभित्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गरेपनि नेपालको चुच्चे नक्साबारे चूसम्म नबोलेको पाइएको छ । भारतीय प्रधानमन्त्री मोदीसँगको टेलिफोन संवादमा देउवाले चुच्चे नक्साबारे कुराकानी गरेको जानकारी स्वयं प्रधानमन्त्रीको निजी सचिवालयले नदिएको हो । यस्तै भाारतीय सीमा सुरक्षा बल (एसएसवी) ले तुइन काटिदिएर महाकालीमा नेपाली युवा बेपत्ता बनाउँदासमेत सरकार बोलनमिल्दैन भन्दै बसेको छ । यो देशमाथिकै गद्धारीको रुपमा लिइएको अर्काे काण्ड हो । जनताटाइम्सले अहिलेसम्म फेला पारेको तथ्यका आधारमा देउवा सरकारले घटाएको काण्डलाई यहाँ राखेको छ ।

यी हुन २२ दिनका २० काण्ड

१. सार्वजनिक सवारीको भाडादरमा २८ देखि ३५ प्रतिशतले बृद्धि ।

२. बालुवाटार जग्गा काण्डका अभियुक्त बिजयकुमार गच्छद्धारलाई १० करोड माग दावी गरिएकोमा १० लाख धरौटीमा रिहा । देउवा आफै बालुवाटार काण्डमा संलग्न ।

३. बिश्वासको मत दिने जसपाका सांसदलाई फ्ल्याट र नगद उपहार ।

४. मापदण्डबिपरित माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई शानका लागि डिएसपीको कमाण्डमा सुरक्षाकर्मी बृद्धि ।

५. कानूनबिपरित पूर्वप्रधानमन्त्री झलनाथ खनालको भारतमा गरिएको उपचारको सम्पुर्ण खर्च बेहोर्ने निर्णय । खनालको उपचारमा खटिएकाहरुको खर्चसमेत सरकारबाटै भुक्तानीको ब्यवस्था ।

६. पदाधिकारी कोटामा बामदेव गौतमकी पत्नी तुलसा गौतमलाई थाहै नभएको खेलको म्यानेजर बनाएर जापानमा घुमघामको ब्यवस्था ।

७. सञ्चालनको अन्तिम तयारीमा रहेको जनकपुर–जयनगर रेलमा ढिलाई । ओलीले गरेको काम किन उदघाटन गर्ने भन्दै प्रधानमन्त्रीकै कारण ढिलाइ ।

८. जग्गा पाउने अवस्थामा पुगेका भूमिहीन सुकुम्वासीमाथि बज्रप्रहार, लालपुर्जा बितरणमा अवरोध ।

९. बलात्कार आरोपी ससुराली खलकका एसएसपी शौरभ राणालाई डिआइजीमा बढुवा ।

१०. कोरोना खोपको चरम दुरुपयोग, जनतालाई शास्ती, आफ्ना कार्यकर्तालाई चिया पसलमै कोरोना खोप ।

११. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको टेलिफोन बार्तामा चुच्चे नक्साबारे मौन ।

१२. अर्थमन्त्री जनार्दन शर्माद्वारा नेपाल सरकारका सचिवलाई सार्वजनिक रुपमै धम्की, कानून होइन, आफ्नो आदेश नमाने ठीक नहुने चेतावनी ।

१३. केन्द्रीय कोभिड अस्पतालका प्रमुख डा. जागेश्वर गौतमलाई हुकुमी शैलीमा सरुवा, माफियाको पक्षमा सरकार उभिएको प्रष्ट सन्देश ।

१४. महाकाली नदी तर्ने क्रममा एसएसबीले तुइन काटेर दार्चुलाका ३३ बर्षीय जयसिंह धामी बेपत्ता बनाउँदा भारतका लागि कम्फर्टेवल बन्दै एसएसबीकै बचाउ ।

१५. जनताको स्वास्थ्यमाथि खेलवाड गर्दै कोरोना खोप भण्डारमै, ओली सरकारले ल्याइदिएको खोप पनि सकेन गर्न ब्यवस्थापन ।
सरकारी सञ्चार माध्यममा श्रमजीवि पत्रकार निकाल्ने काम सुरु, गोरखापत्र दैनिकमा नांगो हस्तक्षेप ।

१६. स्वास्थ्य मन्त्रालयको जिम्मा अस्पताल र कलेज सञ्चालकलाई ।

१७. गृहमन्त्रीको आदेशको भरमा एआइजीको सरुवा कार्यान्वयनमा अवरोध, न निर्णय परिवर्तन, न कार्यान्वयन ।

१८. प्रहरीको सरुवा बढुवामा पत्नीको असुली धन्दा, एआइजीदेखि जवानसम्मको सरुवा बढुवामा मोलमोलाई ।

१९. सिन्धुपाल्चोकका बाढीपीडितप्रति बेवस्ता ।

२०. बालुवाटारको सरकारी जग्गा हडप्नेलाई संरक्षण, सवै जग्गा भूमाफियाकै कब्जामा पुर्याउने रणनीति ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...