भागवण्डा मिल्यो भने ओलीसँग बार्तामा बस्छु : माधव नेपाल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको आन्तरिक एकता कायम गर्न अनौपचारिक संवादमा रहेका विघटित कार्यदलका नेताहरुले अध्यक्ष केपी शर्मा अ‍ोली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता गराउन खोजेका छन् । भीम रावल, सुवास नेम्वाङ, विष्णु पौडेल र सुरेन्द्र पाण्डेबीच १० बुँदे सहमतिका आधारमा ‘पावर शेयरिङ’का लागि दुई नेताबीच वार्ता गराउने सहमति भएको हो । आज पनि चार नेता वार्ताको वातावरण बनाउन छलफलमा छन् ।

चार नेताबीचको छलफलपछि आजै दिउँसो वा साँझसम्म ओली र नेपालबीच भेट गराउने तयारी भइरहेको नेम्वाङले बताए । ओलीसँग भेट्न अनिच्छुक रहेका नेता नेपाल पछिल्लो समय भेटेर संवाद गर्न सहमत भएका छन् । नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुले सोमवारको बैठकमा बरिष्ठ नेता नेपाललाई पावर शेयरिङको सन्दर्भमा ओलीसँग बसेर छलफल गर्न आग्रह गरेका थिए । उनीहरुको आग्रह मानेर नेपाल वार्तामा बस्न तयार भएका हुन् ।

एमालेको न एकता,न विभाजनको अवस्थालाई धेरै दिन लम्ब्याउन नहुने कुरामा दुवै पक्ष सहमत रहेको स्थायी कमिटी सदस्य रघुजी पन्त बताउछन् । एकतामा असर पर्ने खालका अभिव्यक्ति कुनै पक्षबाट पनि दिन नहुने उनले बताए । उता नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि वार्ता भएको छ । यसअघि नेपालनिवास कोटेश्वरमा दुई नेताबीच भेट हुने गरेकोमा आज कोटेश्वरकै एक व्यवसायीको घरमा माधव नेपाललाई भेट्न प्रचण्ड पुगेका हुन् ।

एमाले एकता वा विभाजनको निर्णायक चरणबाट गुज्रिरहेका बेला नेपालसँग प्रचण्डले भेटेका हुन् । नेपालको निर्णय नआएका कारण मन्त्रिपरिषद् विस्तार समेत रोकिएकाले आजको दुई नेताबीचको वार्तालाई निर्णायक मानिएको छ । माधव नेपालमाथि एमालेमै मिल्न दोस्रो पुस्ताका नेताहरुले दबाब दिइरहेका छन् । अर्कोतिर २२ जना सांसदसहितका नेता कार्यकर्ताले सरकारमा जान दबाब दिएकाले नेपाल अनिर्णयमा छन् ।

आजको छलफलपछि माधव नेपालले सरकारमा सहभागिता नजाउने भएमा कांग्रेस, माओवादी र जसपाका मात्र मन्त्री समेटेर मन्त्रिपरिषद् विस्तार गरिने भएको छ । आजै एमालेका नेताहरुले अध्यक्ष केपी ओलीसँग माधव नेपालको वार्ता गराउने प्रयास गरिरहेका बेला बिहानै प्रचण्डसँग भेट भएको हो ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...