माओवादीमा नयाँ लफडा सुरु, प्रचण्ड तनाबमा



हाम्रो इकोनोमि

 

 

नेकपा (माओवादी केन्द्र) ले सरकारमा पठाउने मन्त्रीहरुको नाम चयन गर्न सकेको छैन् । यसअघि बसेका स्थायी कमिटी बैठकले मन्त्री चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ । तर, दाहाल स्वयमले भने मन्त्री चयन गर्न आफूलाई निकै हम्मेहम्मे परेको र एक किसिमले मानसिक तनाब नै झेलिरहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । आज बस्ने भनिएको स्थायी कमिटी बैठकसमेत स्थगित् भएको छ । मन्त्री बन्ने आकांक्षीहरु धेरै भएपछि आजको बैठक स्थगित् गरिएको बुझिएको छ ।

माओवादी केन्द्रनिकट एक नेताकाअनुसार पार्टीको तर्फबाट सरकारमा नेतृत्व गरेर जानेमा नारायणकाजी र कृष्णबहादुर महरा अघि सरेका छन् । श्रेष्ठ र महराका अलावा हरिबोल गजुरेलपनि सरकारमा पार्टीको तर्फबाट नेतृत्व गरेर जान ईच्छुक छन् । तर, अध्यक्ष दाहालले भने कसलाई नेतृत्व दिएर सरकारमा पठाउने भनेर अहिलेसम्म निर्णय लिन सकेका छैनन् । दाहालनिकट स्रोतका अनुसार उनी यसपटक महरालाई सरकारमा नेतृत्व गरेर पठाउन चाहन्छन् । तर, श्रेष्ठले आफूलाई सरकारमा नेतृत्व गरेर जान नदिईए विद्रोह गर्ने चेतावनी दिएका छन् ।

पछिल्लो समय दाहाललाई गजुरेलले दरिलो साथ दिएका छन् । नेकपामा आन्तरिक कलह हुँदासमेत गजुरेलले दाहालको साथ छोडेनन् । त्यसैले यसपटक उनले गजुरेललाई पार्टीको तर्फबाट सरकारमा नेतृत्व गरेर जान तयार हुनसमेत भनेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्नेगरि दाहालसँग नाम मागेका छन् । यसअघि नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल समूहका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको भनिएपनि अहिले नेपाल समूहले सरकारमा नजाने भनिसकेको छ । तर, यस्तो अवस्थामा पनि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...