माओवादीमा नारायणकाजी र महराको दोहोरो भिडन्त



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रबाट सरकारको नेतृत्व गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठ र पूर्व सभामुख कृष्णवहादुर महरा दुवैले दावी गरेका छन् । मन्त्री छान्नका लागि माओवादी स्थायी कमिटी बैठक आज बस्दैछ । माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्री बनाउँदा प्रचण्डले कसैलाई थाहा नदिएको भन्दै श्रेष्ठ अशन्तुष्ट थिए । माओवादीले बढीमा ७ मन्त्रालय पाउने र त्यसमा स्थायी कमिटीकै नेताहरुको प्रतिस्पर्धा भएपछि प्रचण्ड सकसमा परेका छन् । श्रेष्ठ र महराले उपप्रधानमन्त्रीसहित सरकारम जान चाहेका छन् ।

सभामुख भइसकेका व्यक्ति मन्त्री हुन खोजेको भन्दै माओवादीभित्र महराको आलोचना भएको छ । संसद सचिवालयकै एक महिला कर्मचारीलाई बलात्कार गरेको अभियोग लागेपछि सभामुखबाट राजीनामा दिएका महराले हालै उच्च अदालतबाट बलात्कार मुद्दामा सफाइ पाएका छन् । यद्यपी सरकारी वकिल सर्वोच्च अदालतमा जाने तयारीमा छन् । श्रेष्ठ र महरालाई रोक्न प्रचण्डमाथि दबाब छ । महरा सभामुखसहित ५ पटक मन्त्री र तीन पटक उपप्रधानमन्त्री भइसकेका छन् । उनी अब प्रधानमन्त्री हुनमात्र बाँकी छ ।

माओवादी स्थायी कमिटीमा रहेका सांसदमध्ये देवेन्द्र पौडेलमात्र एक पटक पनि मन्त्री बन्न नपाएका नेता हुन् । यसपटक उनलाई मन्त्री बनाउन प्रचण्ड सकारात्मक छन् । गठबन्धनभित्र उपप्रधानमन्त्री नै नराख्नेबारे पनि छलफल भइरहेको छ । प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डको सजिलोका लागि पनि उपप्रधानमन्त्री नराख्दा सिनियर नेतालाई सरकारमा लैजान नपर्ने भएकाले यसबारे छलफल भएको हो ।

माओवादीबाट दुईपटक सांसद भइसकेका भोजपुरका सुदन किराती,मोरङका अमनलाल मोदी मन्त्रीका प्रवल दाबेदार हुन् । त्यस्तै कांग्रेस र माओवादीबाट चार पटक सांसद भइसकेका सिरहाका सुरेशचन्द्र दास मन्त्रीका दावेदार हुन् । नारायणकाजी श्रेष्ठ मन्त्री बन्न नपाए उनको समूहबाट अन्जना विशंखेको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...