देउवा सरकार बिरुद्ध रौतहटमा बिशाल प्रर्दशन
नेपाली कांग्रेसले सत्ता सम्हालेपछि रौतहटमा कांग्रेसी आतंक र अपराध बढेको तथा जिल्लाका विभिन्न तहमा व्याप्त लुटतन्त्रको विरुद्ध खबरदारी गर्न विशाल मोटरसाइकल ¥यालीसहित जनप्रदर्शन भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि रौतहटमा सत्ता आतंक ब्युतिएको भन्दै आक्रोशित बनेका हुन् । राजपुरमा अर्काको घरमा पसेर पटाका पडकाउने तथा रोक्न खोज्दा हातपात गर्ने, मर्यादपुरमा घरमा बसिरहेको अवस्था अल्पसंख्यक दलितलाई ज्यान मार्न उद्देश्यले आक्रमण गर्ने र उल्टै पीडितमाथि मुद्दा दर्ता गराउने, उचीडिह, करुनिया, सितलपुर र सन्तपुरमा कांग्रेसी कार्यकर्ताद्वारा महिलाको बलात्कार गरिएको र पार्टी सरकारमा छ भन्दै उल्टै पीडितलाई धम्काइएकोजस्ता दर्जनौँ घटना सामने आएपछि खबरदारी गर्न जनता आज सडकमा उत्रिएका हुन् ।
त्यस्तै फतुवा विजयपुर, देवाही गोनाही, गरुडासहित कयौँ स्थानीय तहमा सुरक्षित नागरिक आवास कार्यक्रमको करौडौँ रकम फ्रिज गराई गरिबको अधिकार खोसेको, प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम समेत फ्रिज गराएको, विकास निर्माणका कार्य नगरीकन व्यापक भ्रष्टाचार र लुटआतंक मच्चाएकोले समेत जनता आजित भई मोटरसाईकल ¥याली निकालेको हो । ¥यालीको नेतृत्व भने भ्रष्टाचार र वेथितिका विरुद्ध लड्न र समाजवाद स्थापना गर्न संघर्षका लागि नवगठित वामपन्थी संगठन आईटी आर्मीले गरेको छ ।
रौतहटको १८ वटै स्थानीय तहबाट हजारौँको संख्यामा युवाहरु कम्युनिष्ट पार्टीको झण्डा तथा आईटी आर्मीको झण्डा तथा फेटा बाधेर गरुडामा भेला भएका थिए । त्यहाँबाट बाल्चनपुर, जंगलसहिया, कटहरिया, दिपही, खेसरहिया हुँदै सुकदेव चौकमा आएर सभामा परिणत भई समापन गरेका थिए । मोटरसाइकल ¥याली २५ हजारभन्दा बढी मोटरसाइकलसहित युवाहरुको सहभागिता राष्ट्रिय संयोजक चन्द्र भुषण साहले बताए ।

¥यालीमा सहभागीहरुले ‘कांग्रेसी सत्ता आतंक बन्द गर’ ‘गरीबको हक खोस्ने भ्रष्ट मेयर मुर्दावाद’ ‘न्याय छेक्ने कांग्रेसी सरकार मुर्दावाद’ ‘भ्रष्टचारी होसियार, लुटआतङ्क बन्द गर’ जस्ता नारा लगाउदै जिल्ला परिक्रमा गरेका थिए । मोटरसाइकल ¥यालीमा वामपन्थी नेताहरु उपेन्द्र साह, कुन्दन कुश्वाहा, राजकिशोर यादव, त्रिभुवन साह, चन्देश्वर बैठा, राजन यादव, प्रेमलाल साहलगायत नेताहरुको समेत सहभागिता रहेको थियो ।


