अब माधव नेपाललाई नपर्खिने, यस्तो छ एमालेको तीन एजेण्डा



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले स्थायी कमिटीको बैठक अब माधव नेपाललाई पर्खेर नरोकिने भएको छ । शनिवार विघटित कार्यदलका दुवै पक्षका सदस्यहरुको आग्रहमा स्थगित भएको बैठक आज अपरान्ह ३ बजे बस्ने भएको छ । विघटित कार्यदलका नेताहरु केपी ओली र माधवकुमार नेपालबीच वार्ता गराउन प्रयासरत रहे पनि नेपालले बिना एजेण्डा ओलीसँग नभेट्ने बताएका छन् । आफू निकट कार्यदलका सदस्यहरुसँग नेपालले १० बुँदे सहमति र अर्को वा दोस्रो अध्यक्ष जे भने पनि स्वीकार्य नहुने शनिवार पनि बताएका थिए ।

नेता नेपालले ओली अन्तर्गत बस्न आफू तयार नरहेको कार्यदलका दुवै पक्षका नेताहरुलाई बताएका छन् । त्यसैले एमाले एकता प्रक्रिया पेचिलो बनेको छ । नेपाललाई एमालेमा कुनै स्थान नरहेको भनेर अध्यक्ष ओलीले शनिवार नै बताएपछि वातावरण थप बिग्रिएको नेपाल निकट कार्यदल सदस्यहरुको भनाइ छ । आजको स्थायी कमिटी बैठक विधान महाधिवेशनको तयारी,केन्द्रीय विभागहरु गठन र सदस्यता नविकरण लगायतका सांगठनिक विषयमा केन्द्रित हुने एमाले केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए ।

शनिवार बैठक बसे पनि एजेण्डामा प्रवेश गरेको थिएन । विघटित वार्ता टोलीका संयोजक सुवास नेम्वाङले माधव नेपालसँगको आफ्नो र विष्णु पौडेलको कुराकानीका विषयमा जानकारी गराउँदै नेपाल एकताको पक्षमा नरहेको सुनाएका थिए । तर नेपाल पक्षधर वार्ता टोलीका नेताहरुले अन्तिमपटक कुराकानी गर्ने भनेकाले शनिवारको बैठक नेम्वाङको आग्रहपछि स्थगित भएको थियो । शनिवारको बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी थिए । अब आजको बैठकबाट पार्टी अघि बढ्ने नेताहरुले बताएका छन् । माधव नेपाल पक्षधर वार्ताकार नेताहरुलाई पनि बैठकमा सहभागी हुन आग्रह गरिएको छ तर आजै उनीहरु सहभागी हुने सम्भावना छैन ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...