एमसीसी अनुमोदन गरिए राष्ट्रघात हुन्छ : भीम रावल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहायता परियोजना (एमसिसी) संशोधन नगरी अनुमोदन गरिए राष्ट्रघात हुने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रावलले एमसीसीसँगै भएका अन्य सहायक सम्झौता पनि सार्वजनिक गर्न माग गरे । एमसीसीसँगै भएका अन्य सम्झौता पनि सार्वजनिक होस्,’ रावलले भने, ‘त्यो जनताले थाहा पाउनुपर्छ । एमसीसीमा रहेको देशहितविपरीतका प्रावधान नसच्याइ अनुमोदन गरिए त्यो राष्ट्रघात हुनेछ ।’

उनले कुनै सामरिक कुरासँग जोडिएर एमसीसी आए स्वीकार गर्न नसकिने बताए । ‘यसमा रहेका प्रावधान हटाएर, संशोधन गरेर अनुमोदन गर्नुपर्छ,’ उनले भने, ‘त्यो कुनै सामरिक कुरासँग जोडिएर आउनु हुँदैन ।’ कृष्ण बहादुर लोप्चन

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...