जसपाबाट उपेन्द्र यादवसहित ७ मन्त्री बन्दै ( नामसहित )



हाम्रो इकोनोमि

 

 

जनता समाजवादी पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा ७ मन्त्री पाउने भएको छ । अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा जाने भएको छ ।

जसपाको विश्वस्त स्रोतका अनुसार यादव उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी सरकारमा जान लागेका हुन् । उनले आफूलाई कठिन घडीमा साथ दिने सांसदहरुलाई प्राथमिकतामा राखेर सरकारमा लान लागेका छन् ।

महेन्द्र राय यादव, मोहम्मद इस्तियाक राइ, राजेन्द्र श्रेष्ठ, डा. सुरेन्द्र यादव पनि मन्त्री बन्ने सुचीमा छन् । महिलाबाट प्रमिला यादव र रेणु यादवमध्येबाट मन्त्री बन्ने सम्भावना बलियो रहेको छ ।

अध्यक्ष उपेन्द्र यादवले देउवा सरकारको पक्षमा खुलेर देखिएका १९ मध्येबाट विगतमा हस्ताक्षरकर्ता १३ जनाबाट मन्त्री चयन गर्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...