ग्यास, सिलिन्डर तथा चुल्लो वितरण



हाम्रो इकोनोमि

 

 

रौतहटको कटहरिया नगरपालिका–६ फतेपुरमा आज ६ सय घर परिवारलाई ग्यास, सिलिन्डर तथा चुल्लो वितरण गरिएको छ । पुर्वमन्त्री प्रभु साहको चुनावी प्रतिबद्धता अनुसार ग्यास, सिलिन्डर तथा चुल्लो वितरण गरिएको हो । साहका स्वकीय सचिव बिजय यादवले प्रतिनिधिसभा निर्वाचनको समयमा गरिएको प्रतिबद्धता अनुसार ग्यास, चुल्लो तथा सिलिन्डर वितरण गरिएको बताए । यस अघि समेत नेता साहले हजारौं परिवारलाई ग्यास, चुल्लो तथा सिलिन्डर वितरण गरेका छन् । कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहाको विशेष पहलमा आयोजित वितरण समारोमा प्रदेश २ का पुर्व सांसद कुन्दन कुशवाहा, मौलापुर नगरपालिकाकी मेयर रीना साह, एमाले प्रदेश २ का सदस्य त्रिभुवन साह, नरेश साह, चन्दन कुशवहा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...