ग्यास, सिलिन्डर तथा चुल्लो वितरण



हाम्रो इकोनोमि

 

 

रौतहटको कटहरिया नगरपालिका–६ फतेपुरमा आज ६ सय घर परिवारलाई ग्यास, सिलिन्डर तथा चुल्लो वितरण गरिएको छ । पुर्वमन्त्री प्रभु साहको चुनावी प्रतिबद्धता अनुसार ग्यास, सिलिन्डर तथा चुल्लो वितरण गरिएको हो । साहका स्वकीय सचिव बिजय यादवले प्रतिनिधिसभा निर्वाचनको समयमा गरिएको प्रतिबद्धता अनुसार ग्यास, चुल्लो तथा सिलिन्डर वितरण गरिएको बताए । यस अघि समेत नेता साहले हजारौं परिवारलाई ग्यास, चुल्लो तथा सिलिन्डर वितरण गरेका छन् । कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहाको विशेष पहलमा आयोजित वितरण समारोमा प्रदेश २ का पुर्व सांसद कुन्दन कुशवाहा, मौलापुर नगरपालिकाकी मेयर रीना साह, एमाले प्रदेश २ का सदस्य त्रिभुवन साह, नरेश साह, चन्दन कुशवहा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...