मलाई संसदीय दलको नेता बनाउनुपर्छ : माधव नेपाल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता बचाउने हो भने आफूलाई संसदीय दलको नेता बनाउनु पर्ने माग राखेका छन् । एमाले एकताका लागि अन्तिम प्रयास भइरहेका बेला नेता नेपालले थप माग अगाडि सारेका हुन् । उनले यसअघि आफूलाई पार्टीको निर्णय प्रक्रियामा हस्ताक्षरसहितको दोस्रो अध्यक्षको माग गर्दै आएका थिए ।

त्यसअघि केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने माग गरेका थिए । यसबीचमा उनकै कारण आफ्नै दलको नेतृत्वमा रहेको सरमार ढलेपछि अहिले केपी ओली पदमुक्त भइसकेका छन् भने पार्टी अध्यक्ष यथावत छन् । तर, नेता नेपालले भने समयक्रमसँगै पार्टी एकता नहोस् भन्ने आशयका साथ एकपछि अर्को मागहरू राख्दै आएका छन् । यस्तै मागहरू राख्ने क्रममा उनले पछिल्लो समय संसदीय दलको नेता बनाए पार्टी एकता हुने बताउन थालेको स्रोतको दाबी छ । ‘माधवकुमार नेपालले अहिले पार्टी एकता गर्ने हो भने आफूलाई संसदीय दलको नेता बनाउनुपर्ने माग राख्नु भएको छ,’ स्रोतले भन्यो ।

संसदीय दलको नेतामा स्वीकारे अन्य कुरामा कन्सिडर गरेर अघि बढ्न सकिने अन्यथा एमालेबाट अलग हुने जवाफ माधव पक्षले ओली पक्षलाई दिएको बताइएको छ । यसबाट नेता नेपाल कुनै पनि हालतमा एमालेमा रहन नचाहेको वा ओली रहेको पार्टीमा सँगै बस्न नसक्ने सङ्केत स्पष्ट दिएको पाउन सकिन्छ । एमालेमा हाल केपी शर्मा ओली संसदीय दलका नेता छन् । यसबारे एमालेको दुवै पक्षबीच छलफल हुन भने बाँकी छ । ओली एकताका निम्ति केही लचक भए पनि माधव नेपाललाई संसदीय दलको नेता नै बनाउन तयार हुने अवस्था भने निकै कम छ ।

एमाले एकताका लागि अहिले दोस्रो तहका नेताहरू निरन्तर लागिपरेका छन् । तर, शीर्ष नेतामा भएको नयाँ–पुराना कुण्ठाका कारण एकता हुने सम्भावना अझै देखिएको अवस्था छैन । एकता प्रक्रियामा रहेको नेता नेपाल समूहले सत्ता गठबन्धनमा पनि आफ्नो सक्रिय संलग्नता देखाइरहेकोले एकतामा खासै प्रगती हुने स्थिति तत्काललाई देखिदैन ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औँ महाधिवेशन तयारी तीव्र

    नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले आजसम्ममा आफ्नो क्रियाशील सदस्यता अद्यावधिक नगरे १५औँ...

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

    सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको...

रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित

    रास्वपाको बागमती प्रदेश अधिवेशन स्थगित भएको छ । हिजो तामझामसहित उद्घाटन...

नबिल बैंक र धुलिखेल अस्पतालबीच रणनीतिक साझेदारीमा हस्ताक्षर

    नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य सेवा सुदृढीकरण एवं...