एमाले दोस्रो पुस्तालाई जिम्मा लगाउने तयारी, ७० कटेकाले बिदा लिने



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमाले एकताका लागि मध्यमार्गी दोस्रो र तेस्रो पुस्ताका नेताहरुले नयाँ विकल्पबारे छलफल बढाएका छन् । उनीहरुले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबाहेकको तेस्रो व्यक्तिलाई नेतृत्वमा ल्याएर पार्टी एकता जोगाउनेबारे छलफल चलाएका हुन् ।

ओली र नेपालका अलावा ७० कटेका वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमबाहेकबाट नेतृत्व खोज्ने र एकता जोगाउनेमा धेरै नेताहरु लचिलो बन्दै गएका छन् । स्वयं नेता नेपाल र खनाल पनि यसमा सहमत छन् । गौतम पनि यो विकल्पमा लचिलो भएको बुझिएको छ । तर, अध्यक्ष ओली यसमा तयार देखिएका छैनन् । विगतमा उनले नेकपा छँदै नेतृत्वमा आफू र प्रचण्डबाहेक तेस्रो व्यक्तिको प्रस्ताव भने राखेका थिए ।

अहिले नेकपा एमाले न मिल्न सक्छ न जुट्न । एमाले अनिर्णयको बन्दी भइरहँदा अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल दुवैको विकल्प खोज्ने प्रयास पनि भइरहेको छ । तर, त्यो सफल हुन सकेको छैन । एमालेमा जसरी पनि ओलीलाई हटाउन नेपाल लागेका छन् । तर, सकिरहेका छैनन् । तेस्रो व्यक्तिलाई कार्यवाहक अध्यक्ष बनाएर महाधिवेशनमा जाने सम्मको सर्त नेपालको छ । तर, यसमा ओली सहमत नभएके बुझएको छ ।

एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले विभिन्न विकल्पमा छलफल गर्न चाहेपनि वरिष्ठ नेता माधवकुमार नेपाल तयार देखिएका छैनन् । उनले ओलीमाथि अलमलाउन मात्र खोजेको आरोप लगाइरहेका छन् । ओली भने विभिन्न शर्त र प्रस्ताव सारेर माधव नेपालसँग राजनीतिक लेनदेन गर्न खोजिरहेका छन् । विश्वस्त स्रोतका अनुसार ओलीसँग निकट केही नेताहरुले नेता नेपालले विभिन्न माध्यमले कुराकानी गर्दै आएका छन् । उनले एमाले एकताका लागि केही विकल्पहरु समेत सारेको बुझिएको छ ।

माधव नेपालले ओलीले पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने शर्त राखेका छन् । अध्यक्षबाट ओली हटेर तेस्रो व्यक्तिलाई कार्यवाहक अध्यक्ष बनाएर जान सकिने शर्त राखेको बुझिएको छ । कार्यवाहक अध्यक्षमार्फत् एमालेको दशौं महाधिवेशन गर्न सकिने प्रस्ताव सारेका छन् । तर, २ जेठ २०७५ सम्मको संगठित सदस्यलाई नै मानेर महाधिवेशनमा जानुपर्ने उनको शर्त छ । दोस्रो विकल्पमा एमालेमा समान हैसियतमा ४ जनाको अध्यक्षमण्डल राख्न सकिने विषय छ । अध्यक्ष ओली, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमसहितको अध्यक्ष मण्डल बनाएर जान सकिनेबारे पनि नेपालले प्रस्ताव गरेका छन् । विश्वस्त स्रोतका अनुसार समान हैसियतको अध्यक्षमण्डल बनाएर २ जेठ २०७५ को पार्टी संगठनलाई नै टेकेर महाधिवेशनमा जान सकिने विषय नेपालबाट पुगेका छन् ।

एमालेको ४ लाख भन्दा बढी संगठित सदस्य नवौं महाधिवेशनमा भएकामा ओलीले पछिल्लो समय झण्डै २ लाख थपिसकेको भन्दै नेपाल पक्ष त्यसलाई मानेर महाधिवेशनमा जान तयार छैन । पुरानै संगठित सदस्यको आधारमा महाधिवेशनमा जाने भएमात्र नेपाल पक्ष तयार छ । तर, नेपालले राखेको शर्त र प्रस्तावलाई ओलीले मान्ने सम्भावना क्षीण छ । उनी कुनै हालतमा अध्यक्ष छाड्न तयार छैनन् । माधव नेपाललाई मात्र दोस्रो अध्यक्ष दिन तयार छन् । समान हैसियत नेपाललाई समेत दिन तयार नहुँदा खनाल र गौतमलाई अध्यक्षमण्डलमा राखेर जान कुनै हालतमा नमान्ने निश्चितप्रायः छ । यसकारण पनि एमालेको औपचारिक विभाजनको सम्भावना बढेर गएको छ । सम्भवत अर्को हप्ताभित्र एमालेको वार पार हुने देखिदैछ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...