प्रचण्डको कारवाही अवैध हो, म एमाले र माओवादीको मतबाट जितेको हुँ : प्रभु साह



हाम्रो इकोनोमि

 

 

 

सांसद पदमा पुर्नवहाली माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका तत्कालीन माओवादीका चार नेतामध्ये प्रभु साहले अरुको भन्दा थप जिकिर गरेका छन् । उनले आफू एमाले र माओवादी केन्द्रको साझा घोषणापत्र र साझा उम्मेदवार भएर प्रतिनिधिसभा सदस्य निर्वाचित भएकोले कुनै पार्टीको नेताले आफ्नो पार्टी त्याग गरेको आरोप लगाएकै भरमा पद रिक्त नहुने जिकिर गरेका छन् ।

सर्वोच्च अदालतमा दयार गरिएको रिटमा साहले आफूलाई एमाले र माओवादी केन्द्र दुवैको समर्थन,विश्वास र उम्मेदवारी प्राप्त भएकाले माओवादी अध्यक्ष प्रचण्डले एकतर्फी रुपमा गरेको कारवाही स्वीकार्य नहुने जिकिर गरेका छन् । उनले चुनावकै बेला निकट भविष्यमा पार्टी एकीकरण गर्ने भनेर साझा उम्मेदवार बनेको र साझा घोषणा पत्र लिई जनतामा गएको कारण दुवै दलहरु एक ठाउमा रहुन् भन्ने मनसाय राखी गरिएको कार्य दल त्यागको परिभाषाभित्र नपर्ने बताएका छन् ।

साहले आफूले दल त्याग नगरेको भन्दै माओवादी केन्द्रको २०७७ चैत १ र २ गते बसेको केन्द्रीय समिति बैठकले पुष्पकमल दाहाललाई अधिकार प्रत्योजन गरिएको आधारमा स्पष्टीकरण सोधेर कारवाही गरेको भन्ने व्यहोरा नै झुटो रहेको जिकिर गरेका छन् । केन्द्रीय समिति सकिनु एक दिनअघि नै आफूलाई स्पष्टीकरण पत्र बुझाएको र कुनै कानूनी प्रक्रिया पूरा नगरी सांसद पद रिक्त गर्ने दुषित मनोभावनाको साथ कार्य गरिएकोले सबै निर्णय बदर गर्न उनले माग गरेका छन् । फागुन २३ को फैसलापछि नेकपाको अर्को नाम लिएर निर्वाचन आयोग जान छाडेर अदालतले दिएको १५ दिनको समय नपुग्दै आफूहरुमाथि भएको कारवाही अवैध हुने जिकिर साहको छ ।

 

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...