प्रचण्डको कारवाही अवैध हो, म एमाले र माओवादीको मतबाट जितेको हुँ : प्रभु साह



हाम्रो इकोनोमि

 

 

 

सांसद पदमा पुर्नवहाली माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका तत्कालीन माओवादीका चार नेतामध्ये प्रभु साहले अरुको भन्दा थप जिकिर गरेका छन् । उनले आफू एमाले र माओवादी केन्द्रको साझा घोषणापत्र र साझा उम्मेदवार भएर प्रतिनिधिसभा सदस्य निर्वाचित भएकोले कुनै पार्टीको नेताले आफ्नो पार्टी त्याग गरेको आरोप लगाएकै भरमा पद रिक्त नहुने जिकिर गरेका छन् ।

सर्वोच्च अदालतमा दयार गरिएको रिटमा साहले आफूलाई एमाले र माओवादी केन्द्र दुवैको समर्थन,विश्वास र उम्मेदवारी प्राप्त भएकाले माओवादी अध्यक्ष प्रचण्डले एकतर्फी रुपमा गरेको कारवाही स्वीकार्य नहुने जिकिर गरेका छन् । उनले चुनावकै बेला निकट भविष्यमा पार्टी एकीकरण गर्ने भनेर साझा उम्मेदवार बनेको र साझा घोषणा पत्र लिई जनतामा गएको कारण दुवै दलहरु एक ठाउमा रहुन् भन्ने मनसाय राखी गरिएको कार्य दल त्यागको परिभाषाभित्र नपर्ने बताएका छन् ।

साहले आफूले दल त्याग नगरेको भन्दै माओवादी केन्द्रको २०७७ चैत १ र २ गते बसेको केन्द्रीय समिति बैठकले पुष्पकमल दाहाललाई अधिकार प्रत्योजन गरिएको आधारमा स्पष्टीकरण सोधेर कारवाही गरेको भन्ने व्यहोरा नै झुटो रहेको जिकिर गरेका छन् । केन्द्रीय समिति सकिनु एक दिनअघि नै आफूलाई स्पष्टीकरण पत्र बुझाएको र कुनै कानूनी प्रक्रिया पूरा नगरी सांसद पद रिक्त गर्ने दुषित मनोभावनाको साथ कार्य गरिएकोले सबै निर्णय बदर गर्न उनले माग गरेका छन् । फागुन २३ को फैसलापछि नेकपाको अर्को नाम लिएर निर्वाचन आयोग जान छाडेर अदालतले दिएको १५ दिनको समय नपुग्दै आफूहरुमाथि भएको कारवाही अवैध हुने जिकिर साहको छ ।

 

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...