मेयर पटेलको राजिनामा माग्दै स्थानीयद्वारा प्रदर्शन



हाम्रो इकोनोमि

 

 

रौतहटको देवाही गोनाही नगरपालिकाको मेयर धर्मेन्द्र पटेलको राजिनामा माग्दै स्थानीयले प्रदर्शन गरेका छन् । कोरोना महामारी तथा लकडाउनबाट सृजित जटिल अवस्थाको सामना गर्न विभिन्न निकायबाट प्राप्त भएको राहत सामाग्री वितरण नगरी गोदाममा राखेर कुहाएको र लुकेर गाड्न खोजेको उनीहरुको आरोप छ । आज गोनाही बजारस्थित नगरपालिकाको कार्यालय घेराउ गर्न हजारौँका संख्यामा पुगेका स्थानीयले मेयर पटेलको राजिनामा माग्नुका साथै प्रदेश सरकारका विरुद्ध समेत नाराबाजी गरेका छन् ।

प्रदेशको सत्तारुढ दल जनता समाजवादी पार्टीबाट प्रतिनिधित्व गर्ने मेयर पटेलले राहत वितरण गर्ने कार्यमा आफुलाई आर्थिक लाभ नहुने भएकोले राहतको सामाग्री कुहाएर नष्ट गरेको स्थानीयको आरोप छ । देश सरकारबाट प्राप्त भएको १५ लाखभन्दा बढीको चामल, दाल, औषधीलगायतको सामाग्री वितरण नगरी गोदाममा राखेको र सोमबार राति मेयर पटेल र जिन्सी शाखा प्रमुख प्रभु यादवले डोजरले खनेर खेतमा गाड्न खोजेको अवस्थामा स्थानीयले रोकेर कुहिएको सामाग्री बाहिर राखेका छन् ।

प्रदर्शनमा सहभागी स्थानीय राजेश यादवले मेयरले राजिनामा नदिए थप आन्दोलन चर्काउने बताए । जनताको लागि प्राप्त भएको राहत सामाग्री कुहाएर मेयरले जनताको भावनासँग खेलवाड गरेको भन्दै यादवले मेयर पदमा बसिरहने नैतिकता हराईसकेको बताए ।

ूकोरोनाबाट आक्रान्त रहेको बेला प्रदेश सरकारसहित विभिन्न निकायबाट प्राप्त लाखौं रुपैयाँको राहत चामल, दाल, औषधि लगायतका सामाग्री नगरवासीलाई वितरण नगरी स्टोरमा राखेर कुहाएर नष्ट पार्ने र लुकेर जमिनमा गाड्न खोज्ने नालायक मेयर धर्मेन्द्र पटेलले राजिनामा दिनुपर्छ ।ू उनले भने, ूनगरपालिकाको बजेट जति भ्रष्टाचार गरेर नगरलाई बर्बाद बनाएका मेयर पटेलले अहिले लाखौ रुपैयाँको राहत नष्ट गर्ने जुन काम गरेको छ, अब एकछिन पनि उ पदमा बसिरहने नैतिकता बाँकी छैन । मेयरको कुकर्म एवम् गैरजिम्मेवार कार्यको विरुद्ध हामी यहाँ जम्मा भएका हौँ ।ू

आज पत्रकार सम्मेलनमार्फत समेत सो कुराको जानकारी दिएका हुन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र चन्द्रवंशीले समेत सो कुराको पुष्टि गरेका छन् । उनले गोदाममा राखिराखेको सामाग्री पानीबाट कुहिएको बताए ।

प्रतिक्रिया दिनुहोस
एमालेमा डिजिटल सदस्यता प्रणाली लागू

  नेकपा (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने...

आज देशभर वर्षा र हिमपात हुने

    आज बिहानै काठमाडौँमा वर्षा भएको छ । यस्तै, दिउँसो मुलुकका केही...

एकैपटक १ हजार ५ सय ९४ जना पदमुक्त हुने

   राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश,...

अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...