प्रदेश प्रमुखहरू हटाउने देउवाको तयारी, नेपाल गुटले २ जना पाउने



हाम्रो इकोनोमि

 

 

सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गर्ने भएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख पदमुक्त र नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख हटाएर गठबन्धनका तर्फबाट भागबण्डामा नियुक्त गर्ने सहमति शीर्ष नेताहरूबीच भएको छ । केहीलाई तत्कालै हटाउने तयारी छ ।

गठबन्धनका नेताहरूबीच सातमध्ये कांग्रेसले २, माओवादीले २, एमालेको माधव नेपाल पक्षले २ र जसपाले एकजना प्रदेश प्रमुख पाउने समझदारी बनेको छ । आजै माधव नेपालसँग प्रचण्डले भेट गरेका छन् ।नेपालले नाम तत्कालै दिन एमाले एकता वा विभाजनको प्रक्रिया टुंगो नलागेकाले समस्या भएपछि तत्काल सबै प्रदेशका प्रमुख नहटाइ केहीलाई पदमुक्त गर्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ ।

हाल प्रदेश १ मा सोमनाथ प्यासी, २ मा राजेश झा अहिराज, वागमतीमा विष्णु प्रसाई, गण्डकीमा सीता पौडेल, लुम्बिनीमा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख छन् ।प्यासी एमाले निर्वाचन आयोगका प्रमुख हुन् भने सीता पौडेल र धर्मनाथ यादव केन्द्रीय सदस्य हुन् । कलौनी र यादव पनि एमालेकै नेता हुन् भने राजेश झा अहिराज मधेशवादी अभियन्ता हुन् ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...