कांग्रेसभित्रै मन्त्री बन्न मारामार, देउवाको खल्तिमा यस्तो लिस्ट



हाम्रो इकोनोमि

 

 

सर्वाेच्च अदालतको असार २८ को परमादेशले प्रधानमन्त्री नियुक्त नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मन्त्रिमण्डल विस्तार गर्नु फलामको च्यूरा चपाएसरह भएको छ । असार २९ गते प्रधानमन्त्रीको सपथ खाएका देउवाले २०७८ साउन  १० गते सांसद बन्न ४/५ करोड खर्च गर्दै आएका शैक्षिक क्षेत्रका अर्बपति उमेश श्रेष्ठलाई राज्यमन्त्री नियुक्ति गरेका छन् , सपथ खाएका दिन ४ मन्त्री नियुक्ति गरेका देउवाले १२ दिनपछि श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्ति गरेका छन् । बाँकी मन्त्रीका लागि नेपाली कांग्रेसभित्रै गुट उपगुटका दर्जनौं व्यक्तिको आकांक्षाका कारण देउवालाई सकस परेको छ । देउवाकै गुटका जिपछिरिङ लामा, बहादुरसिंह लामा जनजातिबाट मन्त्रीको लागि दौडधुपमा छन् ।

जिपछिरिङ लामाले देउवालाई धेरै आर्थिक सहयोग गरेकाले यो पटक मन्त्री हुने आशामा छन् । तर देउवाले श्रीमती आरजुको दबाबका कारण स्कुल सञ्चालक अर्बपति उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका छन् । जसका कारण उनको गुटको आदिवासी जनजाति कोटाबाट जिपछिरिङलाई मन्त्री हुन सकस पर्ने भएको छ । देउवाको गुटबाट महिलामा मन्त्रीको लागि सशक्त दाबी पुष्पा भुसालाको छ । त्यसैगरी, अख्तर अहमद मुसलमान, विनोद चौधरी, देवेन्द्रराज कँडेलले पनि मन्त्री हुने आशा गर्दै आएका छन् ।  विनोद चौधरीले त भारतस“ग सम्बन्ध सुधार गर्न आफुलाई परराष्ट्र मन्त्रालय माग गरिरहेका छन् । देउवासँग चिसिएको भारतको सम्बन्ध सुधार गर्ने भन्दै उनी परराष्ट्र मन्त्रीको लबिङमा छन् ।

विमलेन्द्र निधिले साथ छाडेपछि मधेशको राजनीतिमा देउवाले विश्वास र भर गरेका विजय गच्छदारले पनि मन्त्रिमण्डलमा आफ्नो तर्फबाट कम्तीमा १ वटा कोटा मागेका छन् । गच्छदार सुनसरीबाट चुनाव जितेका भएपनि भ्रष्टाचार अभियोगमा मुद्दा परेकाले निलम्बित छन् । रामचन्द्र पौडेलको समूहबाट मन्त्रीका लागि पहिलो नम्बरमा छन् दिलेन्द्रप्रसाद बडु । तेजुलाल चौधरी, प्रमिला राई पनि पौडेलको कोटामा छन् । दलितबाट मानबहादुर विश्वकर्मा, सुजाता परियार र लक्ष्मी परियारहरुको मन्त्रीमा दाबी छ ।

महामन्त्री शशांक कोइरालाले आफ्नो कोटाबाट डा.मिनेन्द्र रिजाल र संजय गौतमको नाम दिएका छन् । सुजाता कोइराला आफैं मन्त्री हुने कोसिसमा लागेकी छिन् । कोइराला यसअघि २०६७ मा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा परराष्ट्रको जिम्मेवारी सम्हाल्दै उपप्रधानमन्त्री थिइन् । उनी उपप्रधानमन्त्री नभएपनि मन्त्री भएपनि हुन्छ भन्दै लागेकी छिन् । कृष्ण सिटौलाको कोटाबाट भिमसेनदास प्रधान, उमाकान्त चौधरी र गगन थापा छन् । गगन थापाले सिटौलालाई साथ नदिने संकेत दिएकाले प्रधान र चौधरीमध्येबाट १ मन्त्री हुने सूचीमा छन् । प्रधान यसअघि मन्त्री भएकाले चौधरीको सम्भावना बढी छ । प्रकाशमान सिंहले राजन केसीलाई मन्त्रीको लागि प्रस्ताव गरेका छन् ।

कांग्रेसको भागमा बढीमा ७ देखि ८ मन्त्री पर्ने देखिन्छ । तर मन्त्रीको सूचीमा २५ जनाभन्दा बढी छन् । हरेक गुटले २ जनादेखि ५ जनासम्मको नाम दिएपछि देउवालाई मन्त्रिमण्डल छान्ने सकस भएको छ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै सांसदले मन्त्रीका लागि दबाब दिएपछि आफु तनावमा परेको पीडा असार ९ गते नरबहादुर कर्माचार्यको स्मृति कार्यक्रममा पोखेका थिए । त्यस्तै पीडामा प्रधानमन्त्री देउवा पनि छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पनि मन्त्रीको लोभमा आफ्नो समूहमा आएका सांसदलाई कसरी व्यवस्थापन गर्ने भन्ने समस्या छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...